Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दराजको ७.७ “ह्वाट द फ्‌ल्याश” सेलमा चकित पार्ने अफरहरूको वर्षा


ग्लोबल पाना
मंगलबार, असार २४ २०८२
  • 278
    SHARES

  • images
    दराजको ७.७ “ह्वाट द फ्‌ल्याश” सेलमा चकित पार्ने अफरहरूको वर्षा

    काठमाडौं, २३ असार २०८२ ।  नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्‌नो बहु—प्रतिक्षित ७.७, “ह्वाट द फ्‌ल्याश” सेलको घोषणा गरेको छ । ७०% सम्मको छूट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ ।

    images
    images
    images

    सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ । यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा, एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ ओटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्‌ल्याट ५०% छुट उपलब्ध गराउने छन् ।

    यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्‌ल्याश सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु. ७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् । ७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सिमित भनई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि हो ।

    सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप बिभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ । दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ ।

    यस सुविधा अन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्खा सस्तो मूल्यमा पाउँछन् भने, दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुप प्रदान गर्नेछ ।

    तर, यसका लागि सर्तहरू भने लागू हुनेछन् । यस सेल अन्तर्गत, रु. ४९९ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ ।

    दराज ७.७ सेलको विस्तृत जानकारीका लागिःwww.daraz.com.np, Daraz एप वा Daraz Nepal को फेसबुक पेजमा भ्रमण गर्नुहोस् ।

    दराज ग्रुपका बारेमा:

    सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्‌ना सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी, दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको यस क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ