Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

CATL ले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन


ग्लोबल पाना
शुक्रबार, असार २७ २०८२
  • 308
    SHARES

  • images
    CATL ले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    काठमाडौं । क्याटल (CATL) ले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र CTP2.0 (Cell-to-Pack) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै CATL को चोंगकिंगमा पहिलो प्रडक्सन बेस स्थापना भएको छ भने “फ्याक्ट्री-इन-फ्याक्ट्री” (FiF) सहकार्य मोडेल प्रयोग गरिएको पनि यो नै पहिलो अवसर हो।

    images
    images
    images

    यस "फ्याक्ट्री-इन-फ्याक्ट्री" मोडेलले मुख्य कम्पोनेन्ट सप्लायरहरूलाई गाडी उत्पादन प्लान्टभित्र सिधै जोड्ने काम गर्दछ। सेरेसका अनुसार, यस प्रणालीले २० मिनेटभन्दा कम समयमा कम्पनी डिरेक्टिभ अनुसार उत्पादन लाइनमा एडजस्ट गर्न सक्छ र हजारौं कम्पोनेन्टहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनमै उत्पादन प्रक्रियामा समावेश समेत गर्न सकिन्छ। CATL का अध्यक्ष तथा सीइओ डा. रोबिन जेङका अनुसार, “सुरु गरिएको उत्पादन लाइन CATL को हालसम्मकै सबैभन्दा अत्याधुनिक, स्मार्ट र डिजिटल उत्पादन लाइन हो।”

    सेरेस र CATL बीचको स्ट्राटेजिक पार्टनरशिप सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो, जुन समयसँगै अझ बलियो हुँदै आएको छ। उक्त सम्झौता अनुसार, आइटो (Aito) ब्रान्डका सबै सवारीहरूमा आगामी पाँच वर्षसम्म केवल क्याटलको पावर ब्याट्री प्रयोग गरिनेछ र नयाँ आइटो मोडेलहरूमा क्याटलको किलिन (Qilin) ब्याट्री पूर्ण रूपमा समावेश गरिनेछ। आइटो ब्रान्ड सेरेस र हुवाएको संयुक्त परियोजना हो, यद्यपि यो औपचारिक रूपमा गरिएको संयुक्त लगानी भने होइन।

    सन् २०२४ को जुलाईमा, सेरेसले हुवाएसँग आइटोको ट्रेडमार्क र प्याटेन्टहरू २५ लाख युआन (अन्दाजी ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवाए अझै पनि प्रमुख पार्टपुर्जा र सफ्टवेयर आपूर्तिकर्ताको रूपमा संलग्न छ र आफ्नै HIMA सेल्स नेटवर्क मार्फत आइटो ब्रान्डका सवारीहरू बिक्री गर्दछ। आइटोले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा प्रस्तुत गरेको छ र हालसम्म ७ लाखभन्दा बढी आइटो गाडीहरू बिक्री भइसकेका छन्। चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्री आइटोको प्रमुख उत्पादन केन्द्र हो।

    क्याटलले अझै पनि पावर ब्याट्री बजारमा बलियो पकड कायम राखेको छ। चीनको अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन अलायन्सका अनुसार, यो वर्षको जनवरीदेखि मे महिनासम्म चीनमा जम्मा २४१.४ GWh पावर ब्याट्री स्थापना भएको थियो, जुन गत वर्षको तुलनामा ५०.४% बढी हो। यो अवधिमा क्याटलको योगदान १०३.२० GWh थियो, जसले बजारको ४२.९०% हिस्सा ओगटे पनि गत वर्षको तुलनामा भने ३.८३ प्रतिशत अंकले घटेको छ। पावर ब्याट्रीका अलावा क्याटल र सेरेसबीचको सहकार्य जिरो-कार्बन लक्ष्यतर्फ पनि विस्तार भएको छ।

    सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर फ्याक्ट्रीमा ५० MWh क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जडान गरेका थिए, जसले कारखानाका लागि पनि कोर ग्रीन इनर्जीको आपूर्ति गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ