Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नुवाकोटमा धान रोपाइँ सम्पन्न, राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुक आत्मनिर्भर हुने : जीवन सी


ग्लोबल पाना
बुधबार, असार ३२ २०८२
  • 441
    SHARES

  • images
    नुवाकोटमा धान रोपाइँ सम्पन्न, राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुक आत्मनिर्भर हुने : जीवन सी

    ३१ असार, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी बिदुर नगरपालिका–शेराफाटस्थित ५ रोपनी क्षेत्रफलमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पार्टीको आत्मनिर्भरता निर्माण अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

    images
    images
    images

    “श्रमलाई सम्मान गरौँ, श्रम संस्कृतिको निर्माण गरौँ” भन्ने नारासहित आयोजना गरिएको रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सिर्जन सी, केन्द्रिय प्रतिनिधि सदस्य जीवन सी,युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज बासु सी जिल्ला सचीवलय सदस्य राम कुमार सी जिल्ला सदस्यहरु हिरा लाल सी कल्पना सी तथा जबस–मोर्चाका नेता–कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहभागी नेताहरूले श्रम र उत्पादनलाई पार्टी कार्यदिशासँग जोड्दै राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने धारणा राखेका थिए । उनीहरूले ‘श्रम संस्कृति’ लाई संस्थागत गर्दै देशभर उत्पादनमूलक अभियानहरू सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    पार्टीले विगत केही वर्षयता उत्पादन, श्रम र आत्मनिर्भरता अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लाहरूमा यसप्रकारका कार्यक्रम गर्दै आइरहेको छ ।नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने क्रममा देशभर धान रोपिरहेको हो । पार्टीका महासचिव विप्लव सी कपिलवस्तुमा धान रोप्न व्यस्त छन् ।

    नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ