नुवाकोट । शक्ति माध्यमिक विद्यालय, बेलकोटगढी नगरपालिका–१३, दाङ्मैमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि पूर्व विद्यार्थी रूपक लोहनीले तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ तेत्तीस पैसाको अक्षयकोष स्थापना गरेका छन् ।
विदेशमा रहँदै नेपाली समाजप्रति निरन्तर योगदान दिँदै आएका लोहनीले उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिने व्यवस्था गरेका हुन् ।
विद्यालयकी प्रधानाध्यापक विद्या देवी घिमिरेका अनुसार लोहनीले यसअघि पनि विद्यालयलाई विविध सहयोग गर्दै आएका छन्। विद्यालय प्रशासनले उनको योगदानको उच्च मूल्याङ्कन गर्दै कदरपत्र प्रदान गरेको छ । विद्यालयले आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


