नुवाकोट । "सधैं अरुको लागि सोच्ने, कर्मबाट समाजलाई केही दिने" विचार बोकेका समाजसेवी रूपक लोहनीले फेरि जन्मथलो नुवाकोटको माटोप्रति आफ्नो माया र जिम्मेवारी दर्शाएका छन् । बेलकोटगढी नगरपालिका–१३ निवासी, हाल अमेरिकामा बसोबास गर्दै आएका लोहनीले श्री दुप्चेश्वर धाममा स्थापना गर्नका लागि ३.५ फिट अग्लो गणेश मूर्ति निर्माणमा चार लाख रुपैयाँ बराबरको पवित्र सहयोग गरेका छन् ।
यो मूर्ति केवल एक मूर्ति होइन—आस्था, संस्कार र आध्यात्मिक चेतनाको प्रतीक हो, जसले सिंगो क्षेत्रको धार्मिक गरिमा बढाउने विश्वास गरिएको छ । लाेहनीको सामाजिक भावना त्यतिमा मात्र सिमित छैन । उनले दुप्चेश्वरमा निर्माणाधीन १०८ धारामध्ये ४ धाराका लागि ६० हजार सहयोगसमेत गरेका छन् । धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय लोहनीलाई विदेशमा रहेर पनि जन्मभूमिप्रति समर्पित रहेकाेमा स्थानीयवासीले आभार प्रकट गरेका छन् ।
उनले यस्ताे योगदान गरेकाे पहिलोपटक होइन, समाजसेवा लाेहनीको जीवनशैलीकै अभिन्न हिस्सा बनेको छ । विगतमा पनि उनले यस्ता धेरै योगदानहरू दिँदै आएका छन्, जसले उनलाई ‘सच्चा समाजसेवी’ को परिचय दिलाएको छ । रूपक लोहनीको यी योगदानले समाजमा सकारात्मक ऊर्जा, संस्कार र प्रेरणा फैलाएको छ ।
भावी पुस्तालाई धर्म, संस्कृति र सेवा भावमा अडिग रहन सिकाउने यस्ता कार्यको लागि सम्पूर्ण नुवाकोटवासी लाेहनीप्रति कृतज्ञ छन् । भगवानको कृपा सदा उनी र उनको परिवारमाथि रहोस् भन्ने शुभकामनासहित, समाजले उनीजस्ता सच्चा सेवक पाएकोमा गर्व अनुभव गरिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


