नुवाकोट । सिटिईभिटि र बिदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालित निःशुल्क सीपमूलक तालिम कार्यक्रमको समापन समारोह सम्पन्न भएको छ । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
करीब ३९० घण्टा कार्य अवधिको तालिममा मन्टेश्वरी शिक्षण, ब्युटिसियन, सिलाईकटाई, फेसन डिजाइन, कम्प्युटर तालिम तथा बिल्डिङ इलेक्ट्रीसियनजस्ता व्यावसायिक विषय समेटिएका थिए । तालिममा बिदुर नगरपालिकाका विभिन्न वडाबाट सहभागी भएका दर्जनौं व्यक्तिहरूले सहभागिता जनाएका थिए ।
समापन समारोहमा बिदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप विकासको माध्यमबाट आत्मनिर्भरता, स्वरोजगार तथा स्थानीय समृद्धिमा योगदान पुर्याउन सकिने उल्लेख गरे ।
मेयर श्रेष्ठले नगरपालिकाले आगामी दिनमा यस्ता व्यावसायिक तालिमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा प्रशिक्षक, सहभागी, नगरका जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


