Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

'ग्रीन सेभिङ्स डिपोजिट' सार्वजनिक, बेष्ट फाइनान्सद्वारा ५०० बिरुवा रोपेर अभियानको थालनी


ग्लोबल पाना
आइतबार, साउन ४ २०८२
  • 858
    SHARES

  • images
    'ग्रीन सेभिङ्स डिपोजिट' सार्वजनिक, बेष्ट फाइनान्सद्वारा ५०० बिरुवा रोपेर अभियानको थालनी

    काठमाडौं, साउन । बेष्ट फाइनान्स लिमिटेडले वातावरण संरक्षण र दिगो वित्तीय प्रणाली प्रवर्द्धनका लागि ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले ल्याएको ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी २०२४’ अनुरूप फाइनान्सले यो नयाँ योजना प्रस्तुत गरेको हो । उक्त योजनाअन्तर्गत ग्रीन सेभिङ्समा सहभागी हुने प्रत्येक ग्राहकको नाममा एक–एक बिरुवा रोपिनेछ ।

    images
    images
    images

    यसले ग्राहकलाई वित्तीय लाभसँगै वातावरण संरक्षणमा पनि प्रत्यक्ष योगदान दिने अवसर प्रदान गर्नेछ। बेष्ट फाइनान्सले वृक्षारोपण कार्यको व्यवस्थित व्यवस्थापनका लागि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ । सहमति पत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्सका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका थिए ।

    कार्यक्रमअन्तर्गत गोदावरी नगरपालिका–१, गोदामचौरमा ५०० बिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रम बेष्ट फाइनान्स, गोदावरी नगरपालिका, र लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा गोदावरी–१ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, सीईओ बीएन घर्ती, लायन्सका विभिन्न पदाधिकारी र अन्य सहभागिता रहेका थिए। कार्यक्रमप्रति ५० भन्दा बढी लायन्स क्लबहरूले ऐक्यबद्धता जनाएका थिए ।

    वृक्षारोपणका साथै जग्गा पहिचान, गोडमेल, संरक्षण, र पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिइएको छ । बेष्ट फाइनान्सको यो प्रयासलाई दिगो वित्तीय अभ्यास र सामाजिक उत्तरदायित्वको नमुना पहलको रूपमा हेरिएको छ । प्रमुख कार्यकारी अधिकृत घर्तीले भने, “ग्राहकलाई नाफासँगै प्रकृतिमा लगानी गराउने हाम्रो अभियान देशको हरियाली भविष्यतर्फको एक कदम हो ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ