काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गर्दै साउन ६ गते मंगलबारदेखि लागू हुने गरी नयाँ बिक्री मूल्य तोकेको छ। संघको साउन ४ र ५ गते सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार चितवनलाई आधार मानी अण्डाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो।
संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनामा अण्डा उत्पादन लागत बढेका कारण नयाँ मूल्य कायम गरिएको उल्लेख छ । ठूलो अण्डा प्रति क्रेट ५२५ रुपैयाँ, मिडियम अण्डा प्रति क्रेट ४९५ रुपैयाँ तोकिएको छ ।
संघले उक्त मूल्यलाई आधार मानी कारोबार गर्न सबै पक्षलाई अनुरोध गरेको छ। गर्मीयाममा उत्पादन घटेका कारण मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


