Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘साली भेना’बाट रेश्मा बराइलीको गायनमा डेब्यु, टीका मगरसँग सहकार्य


ग्लोबल पाना
मंगलबार, साउन ६ २०८२
  • 443
    SHARES

  • images
    ‘साली भेना’बाट रेश्मा बराइलीको गायनमा डेब्यु, टीका मगरसँग सहकार्य

    काठमाडौं । नवगायिका रेश्मा बराइली र गायक टीका मगरको स्वरमा ‘साली भेना’ गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा प्रेसमिट गरी गीत सार्वजनिक गरिएको हो । मोहन मगरको शब्द तथा संगीत रहेको गीतले साली र भेनाबीचको नोंकझोक प्रस्तुत गर्छ । गीतलाई राकु कार्कीले एरेन्ज गरेका छन् ।

    images
    images
    images

    सालको पात टिपेर बेर साली बिंडी

    बिंडी तान्दै जाऔं है साली अघिपछि हिंडी

    साली तिमीलाई जोडौं कि त अब मेरै थर

    खरपरालले छाएको छ मेरो सानो घर

    भिनाजुको वैंश जोवन सहरैले खायो

    साथीभाइको घरजम हेर्दा बल्ल बुद्धि आयो

    जोड्ने भए जोडौं भेना छैन मलाई डर

    सहरभन्दा प्यारो मलाई आफ्नै गाउँघर

    गीतमा घरजमका लागि भेनाले सालीलाई फकाएको र सालीले स्वीकृति दिएको अप्ठ्यारो जस्तो लागे पनि यो मगर संस्कृतिमा आधारित भएको संगीतकार तथा भिडियो निर्देशक मोहन मगरले बताए ।

    साली भेना भनेर अलि अप्ठ्यारो सुनिए पनि मगर समुदायमा युवक र युवतीबीच साली भेना भन्ने प्रचलन रहेको उनले सुनाए । ‘साली भेनाको प्रेम सम्बन्धको कुरा गरेको भनेर अप्ठ्यारो सुनिएको होला ।

    तर गीतमा मगर समुदायको संस्कृति झल्काउने प्रयास गरिएको हो,’ उनले भने, ‘मगर समुदायमा जवान युवक र युवतीबीच साली भेना भनेर जिस्काइने चलन छ । यसैलाई आधारित बनाएर गीत र भिडियो तयार पारिएको हो ।‘ भिडियोमा साली भेनाको रोमान्टिक भाव प्रस्तुत गरिएको छ ।

    टीका मगर, कृषा मगर र ढोकलबहादुर आले मगर फिचर्ड भिडियोमा तुराहाङ राईको कोरियोग्राफी, रेशबहादुर मगरको छायांकन र विनोद बमको सम्पादन छ । ‘साली भेना’ गीत रेश्मा बराइलीको पहिलो आधिकारिक गीत समेत हो । पूर्वी पहाडी जिल्ला संखुवासभाको एक गाउँकी रेश्माको गायकी सामाजिक सञ्जालमा सुनेर मन परेपछि मोहनले उनको स्वरमा गीत रेकर्ड गराएकी हुन् ।

    रेश्माको संखुवासभास्थित घरमै पुगेर मोहनले काठमाडौंसम्म ल्याएर गीत रेकर्ड गराएका हुन् । ‘रेश्माको इन्नोसेन्ट स्वभाव र मखमली स्वरले नेपाली सांगीतिक क्षेत्रमा पक्कै केही गर्नेछ भन्ने अपेक्षा छ । बाँकी त श्रोता-दर्शकको हातमा छ,’ मोहनले भने ।

    गायक टीका मगर भ्वाइस अफ नेपालका प्रतिस्पर्धी समेत हुन् । उनका यसअघि ‘ढेडु बाँदर’, ‘कम्मरमा पटुकी’ लगायत गीत रुचाइएका छन् । मोडल कृषा भने टिकटकबाट उदाएकी हुन् । उनले केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी हुन् ।

    अध्यापन पेशामा रहेका ढोकलले पहिलोपटक भिडियोमा अभिनय गरेका हुन् । ‘साली भेना’ गीत ‘टीका मगर अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ