Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विमान दुर्घटना नदोहरियोस् भन्दै पशुपतिनाथमा सांसद खानको श्रद्धाञ्जली र भावुक अपिल


ग्लोबल पाना
मंगलबार, साउन ६ २०८२
  • 1,025
    SHARES

  • images
    विमान दुर्घटना नदोहरियोस् भन्दै पशुपतिनाथमा सांसद खानको श्रद्धाञ्जली र भावुक अपिल

    काठमाडौं । सौर्य एयरलाइन्सद्वारा आज पशुपतिनाथ मन्दिर परिसरमा एक विशेष श्रद्धाञ्जली तथा प्रार्थना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम सौर्य एयरलाइन्सको विमान २०८१ साल श्रावण ९ गते भएको दुर्घटनामा दिवङ्गत भएका सबै पितृहरूको वैकुण्ठवासी आत्माको शान्तिको कामना गर्दै राखिएको हो ।

    images
    images
    images

    उक्त कार्यक्रममा सहभागी हुँदै जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खान ज्यूले दिवङ्गतप्रति श्रद्धासुमन अर्पण गर्दै आगामी दिनहरूमा यस्ता दुःखद घटनाहरू नदोहरियोस् भन्ने कामनासहित पशुपतिनाथ भगवान्सँग प्रार्थना गर्नुभएको थियो । कार्यक्रम २०८२ श्रावण १ गतेदेखि ७ गतेसम्म जारी रहनेछ ।

    यस अवधिमा विगतमा नेपालमा भएका सम्पूर्ण विमान दुर्घटनामा ज्यान गुमाएका ज्ञात–अज्ञात सबै आत्माहरूको चिर शान्तिको कामना गर्दै पूजापाठ तथा ध्यान साधना गरिने आयोजकले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ