✍️सरोज ओझा
यसैका निम्ती गर्छन् लुछाचुडी
आँफनै र आँफैका लागी नहुने नभई
हासिल गरी छाडने मनशुवा बोकी
चाहर्दै हिडछन् मानिस सबै ।
हसुर्ने दाउ सबका बाडिचुडी
समुह समुहको झुण्ड बनाई
नभई नहुने अडान राख्दछन्
तारन्तार शक्ती केन्द्र धाई ।
बुन्दै अनेक बहानाबाजी
चुलिन्छ व्यस्तता रच्दै अनेक दाउ
हासिल गर्न गर्छन अनेक तिकडम
हेर हेर कत्रो ठुलो यसको भाउ ।
दिएर आस्था र निष्ठाको तिलान्जली
ठुला पदका निम्ती ठुलै चलखेल
हत्याउनमै तत्पर रहन्छन् हरदम
उद्यत जनजनको रगतको बगाउन भेल l
जनविश्वास माथि चरम कुठाराघात
बिर्सिएर विगतको धरातल अनि जेलनेल
अपमान सहयोद्धा अनि सहादत प्राप्त सहिदको
बिडम्बना यो कस्तो, हेर कुर्सीको फोहरी खेल ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


