Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जन्मोत्सवको अवसरमा सताब्दी पुरुष ऐमानसिंह भण्डारीबाट विद्यालयलाई अक्षय कोष


ग्लोबल पाना
शुक्रबार, साउन ९ २०८२
  • 261
    SHARES

  • images
    जन्मोत्सवको अवसरमा सताब्दी पुरुष ऐमानसिंह भण्डारीबाट विद्यालयलाई अक्षय कोष

    प्युठान । गौमुखी गाउँपालिका–५ खुङ्गका ९९ वर्षीय ऐमानसिंह भण्डारीले आफ्नै जन्मोत्सवको अवसर पारेर विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । १९८४ साल साउन ८ गते जन्मिएका भण्डारीले जनसहयोगी माध्यमिक विद्यालयमा १ लाख ५० हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका हुन् । कोषको संरक्षक नातिनी लक्ष्मी भण्डारी रहनेछिन् ।

    images
    images
    images

    कोषको ब्याजबाट हरेक वर्ष एक जना गरिब तथा जेहेन्दार छात्र/छात्रालाई छात्रवृत्ति र एक जना उत्कृष्ट शिक्षकलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरिने नातिनी सर्मिला भण्डारीले जानकारी दिइन् । ‘हरेक वर्ष फरक विद्यार्थी र शिक्षकलाई सम्मान गर्दा हजुरबुबाप्रतिको सम्मान अझ गहिरो हुनेछ,’ नाति हरि भण्डारीले भने । विद्यालयका प्रधानाध्यापक प्रेम बिस्टले सताब्दी पुरुष भण्डारीको योगदान प्रेरणादायी भएको बताउँदै अक्षय कोष पारदर्शी रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

    उक्त अवसरमा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वरुणध्वज मल्लले पनि अक्षय कोषमा २३ हजार ४ सय रुपैयाँ योगदान दिने घोषणा गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ