Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपल्लो डोल्पाको ज्याङला पासमा होण्डा डिओ १२५को कीर्तिमान: ५३०० मिटर उचाइमा पुगेको नेपालकै पहिलो स्कूटर


ग्लोबल पाना
बिहीबार , साउन १५ २०८२
  • 430
    SHARES

  • images
    उपल्लो डोल्पाको ज्याङला पासमा होण्डा डिओ १२५को कीर्तिमान: ५३०० मिटर उचाइमा पुगेको नेपालकै पहिलो स्कूटर

    काठमाडौं । नेपालको सवारी साधन इतिहासमैपहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. को सहकार्यमा होण्डा डिओ१२५ स्कूटर मार्फत सम्पन्न गरेको हो ।

    images
    images
    images

    शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नैपुनः परिभाषित गरिदिएको कम्पनीको भनाई छ । काठमाडौंदेखि डोल्पासम्मको यात्रा, जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको यो मार्ग सहज थिएन । यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै होण्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्या विना योयात्रा सम्पन्न गरेको हो ।

    यस असाधारण सफलता, स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ ।

    साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरलेजनाएको छ । नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र थिएन, यो एक प्रेरणादायी सन्देश पनि हो। तिनले भने, “यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन ।“

    तिनका अनुसार, यो यात्रा नेपाली मोटरिंग इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कूटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिशन कम्प्लीट’ सवारी प्रमाणित भएको छ । स्याकार ट्रेडिङ कम्पनी प्रा.लि., विगत ५७ वर्षदेखि जापानकोहोण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो। स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.,ले यो सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डाको विश्वस्त इन्जिनियरिङको सम्मिश्रणका रूपमा लिएको छ ।

    कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकता अनुसार उच्च गुणस्तरीय सवारी साधन निरन्तररुपमा उपलब्ध गराउदै जानेप्रतिबद्धता दोहोर्‍याएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ