काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको South Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) आजदेखि काठमाडौंको होटल एलोफ्ट, ठमेलमा सुरु भएको छ। ‘Bridging Nations – Building Leadership’ नारासहित सुरु भएको यो पाँच दिने एकेडेमीमा भारत, बंगलादेश, श्रीलंका र नेपाल गरी १०० भन्दा बढी सहभागीहरू उपस्थित छन्। कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्रि पाण्डेले गरेका थिए।
उनले उद्घाटन मन्तव्यमा भने, “विश्वव्यापी वातावरणीय परिवर्तन, सामाजिक–आर्थिक चुनौती र क्षेत्रीय विकासका लागि दक्षिण एसियाली देशहरूबीच सहकार्य आवश्यक छ। यस्ता नेतृत्वमूलक कार्यक्रमले त्यो सहकार्य र समझदारीमा टेवा पुर्याउनेछन्।” उनका अनुसार, यस्तो अन्तर्राष्ट्रिय कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय छवि निर्माण र लगानी भित्र्याउन महत्वपूर्ण कडी बन्नेछ। कार्यक्रम जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रजनी थापाको नेतृत्वमा आयोजना भइरहेको छ। उनले भनिन्, “SAAIL नेपाल २०२५ केवल नेतृत्व विकास कार्यक्रम होइन, यो दक्षिण एसियाली युवाहरूको साझा सपना र सहकार्यको सुरुवात हो।
नेपालमा यस्ता कार्यक्रम महिला नेतृत्वबाट सम्भव हुनु गौरवको कुरा हो।” उनका अनुसार, सहभागीहरूले पाँच दिनसम्म नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी, उद्यमशीलता, क्षेत्रीय साझेदारी र सामाजिक नवप्रवर्तनका विषयमा प्रशिक्षण र अभ्यास गर्नेछन्। कार्यक्रम निर्देशक तथा नेपाल जेसीजका पूर्व अध्यक्ष प्रज्ञाराज राज भण्डारीले SAAIL – नेपाल २०२५ लाई दक्षिण एसियाली युवाबीच दीर्घकालीन सम्बन्ध र सञ्जाल विस्तारको आधार बनाउने उद्देश्य रहेको बताए। उनले भने, “यो कार्यक्रम एकेडेमी मात्र होइन, भविष्यका सहकार्य र नेतृत्वको प्रारम्भ बिन्दु हो। नेपालले यो ऐतिहासिक जिम्मेवारी वहन गर्न पाएकोमा हामी गर्वित छौं।”
SAAIL – नेपाल २०२५ कार्यक्रम साउन १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेतृत्व कार्यशाला, अन्तरक्रियात्मक छलफल, संस्कृति आदान–प्रदान, स्टार्टअप प्रस्तुतिहरू, र अनुभव आदान–प्रदानका सत्रहरू हुनेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


