Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री’ सार्वजनिक


ग्लोबल पाना
शुक्रबार, साउन १६ २०८२
  • 361
    SHARES

  • images
    अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री’ सार्वजनिक

    काठमाडौं । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी,बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत‘कतिमा राम्री ’को भिडियो सार्वजनिक भएको छ ।

    images
    images
    images

    गीतकार कृष्णहरि बरालको शब्द रचना ,हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ ।

    कुशल सिंहद्वारा एरेन्ज गरिएको गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो केशव भट्ट निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ । गायिका अर्यालको गत बर्ष पनि तीज गीत‘माइतै रमाइलो’ सार्वजनिक भएको थियो जसलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ