Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अनिला कायस्थलाई “राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान २०८२” प्रदान


ग्लोबल पाना
सोमबार, साउन १९ २०८२
  • 733
    SHARES

  • images
    अनिला कायस्थलाई “राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान २०८२” प्रदान

    भक्तपुर ।  समारी इन्टरनेशनलको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभा हलमा एक विशेष सम्मान समारोह सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा उपस्थित हुनुहुन्थ्यो । समारोहमा समाजसेवी अनिला कायस्थलाई “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२” अन्तर्गत "राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान" प्रदान गरियोल। अनिला कायस्थ एक समर्पित र प्रेरणादायी सामाजिक अभियन्ता हुन्, जसले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, बाल अधिकार, मानसिक स्वास्थ्य तथा विपन्न वर्गको उत्थानमा उल्लेखनीय योगदान दिँदै आएकी छिन् ।

    images
    images
    images

    समाजको हरेक तहमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उनले सञ्चालन गरेका सामाजिक अभियानहरू समाज परिवर्तनको उदाहरणीय नमूना हुन् । उनको निस्वार्थ सेवाभाव, अथक परिश्रम र समर्पणको उच्च मूल्याङ्कनस्वरूप यस वर्षको राष्ट्रिय रत्न सामाजिक व्यक्तित्व सम्मान प्रदान गरिएको हो ।

    उक्त सम्मानले उनको सेवाभावनाको कदर मात्र गरेको छैन, सामाजिक क्षेत्रमा लाग्न चाहने नयाँ पुस्ताका लागि पनि एक प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहँदा माहोल उत्साहपूर्ण थियो । अनिला कायस्थ आजको दिनमा समाजसेवा क्षेत्रको एक प्रेरणादायी अनुहार र राष्ट्रको गौरवका रूपमा पहिचान बनाउँदै लगेकी छिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ