Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बजाज अटोद्वारा नेपालमा पूर्ण रूपमा नयाँ चेतक ३५०१ लन्च: विद्युतीय गतिशीलताको नयाँ युगको सुरुवात!


ग्लोबल पाना
मंगलबार, साउन २० २०८२
  • 920
    SHARES

  • images
    बजाज अटोद्वारा नेपालमा पूर्ण रूपमा नयाँ चेतक ३५०१ लन्च: विद्युतीय गतिशीलताको नयाँ युगको सुरुवात!

    काठमाडौं । विश्वकै सबैभन्दा प्रचलित दुई-पांग्रे र तीन-पांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा अत्याधुनिक विद्युतीय स्कुटर चेतक 3501 को घोषणा गर्न पाउँदा हर्षित छ । यो कोसेढुङ्गा कार्यक्रमले भारत बाहिर चेतकको यो नयाँ पुस्ताको नवप्रवर्तनको सुरुवातलाई दर्शाउँछ, जसले विश्वव्यापी बजारहरूको लागि स्वच्छ, दिगो गतिशीलताप्रति बजाज अटोको रणनीतिक प्रतिबद्धतालाई व्यक्त गर्दछ ।

    images
    images
    images

    विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क सेट गर्दै

    ३.५ kWh ब्याट्री क्षमतासहितको चेतक 3501 ले एकपटक चार्ज गर्दा १५३ किमीको अद्वितिय रेञ्ज प्रदान गर्छ –जुन नेपालका शहरी र suburban भौगोलिक विविधताका लागि ideal छ । यसको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्दै स्कुटरलाई ३ घण्टामा ८०% चार्ज गर्दछ ।

    अतुलनीय स्टाइल र स्मार्ट फिचरको संयोजन

    पूर्ण मेटल बडी र IP67 वाटर-रेसिस्टेन्ससहित, चेतक ३५०१ ले नेपालको विविध मौसममा पनि भरपर्दो प्रदर्शन गर्छ । यसको नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाईनका कारण ३५ लिटरको अन्डर-सिट स्टोरेज (EV सेग्मेन्टमै सबैभन्दा ठूलो) ले स्पेस र कम्फर्ट दुबै बढाउँछ ।

    TecPac ऐड-अन को साथमा, चालकहरुले यी स्मार्ट फिचरहरू अनलक गर्न सक्नुहुन्छ:

    • म्याप, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, र कल ह्यान्डलिङ सहितको स्मार्ट TFT टचस्क्रिन कन्सोल ।

    • रिमोट इम्मोबिलाइजेशन, गाइड-मी-होम लाइट, जियो-फेन्सिङ, एन्टि-थेफ्ट र एक्सिडेन्ट डिटेक्सन जस्ता एड्भान्स्ड सुरक्षा प्रविधिहरु ।

    लन्चको बारेमा बोल्दै बजाज अटो लिमिटेडका ASIA क्षेत्रका उपाध्यक्ष श्री मनीष थपारले भन्नुभयो: “नेपालमा चेतक 3501 को लन्चले भारतबाहिर पनि विद्युतीय दुई-पांग्रे बजारमा हाम्रो निरन्तर प्रगतिको गतिलाई प्रतिनिधित्व गर्दछ। यो मोडेल क्लासिक चेतकको सुन्दरता र स्मार्ट टेक्नोलोजीको अद्वितीय संयोजन गर्दै आजका प्रविधिमैत्री युवा राइडरहरूको लागि डिजाइन गरिएको हो । यो सुरुवातसँगै, हामी नेपालमा EV अनुभवलाई उत्कृष्टताको नयाँ आयाम ल्याउन पाउँदा खुसी छौं ।”

    गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो: “चेतक 3501 को पहिलो अन्तर्राष्ट्रिय लन्चको रुपमा हामी बजाज अटोसँग साझेदारी गर्दै चेतक 3501 लाई नेपालमा ल्याउन पाउँदा गर्व महसुस गरिरहेका छौं । यो केवल विद्युतीय मोबिलिटीमा मात्र नभई विश्वको सबैभन्दा विश्वसनीय अटोमोटिभ ब्रान्डहरू मध्ये एकसँगको हाम्रो लामो समयदेखिको हाम्रो साझेदारी लागि पनि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो ।

    चेतक 3501 ले स्मार्ट प्रविधि, गुणस्तर, र वातावरणीय जिम्मेवारीको उत्तम मिश्रण प्रदान गर्दछ जुन नेपाली राइडरहरुसँग गहिरो रूपमा प्रतिध्वनित हुन्छ । हामी विश्वस्त छौं कि यसले नेपालमा शहरी यात्रालाई पुन: परिभाषित गर्नेछ र सफा, दिगो भविष्यतर्फ परिवर्तनलाई नेतृत्व गर्नेछ ।” अब काठमाडौंमा उपलब्ध! चेतक 3501 अब काठमाडौंको आधिकारिक डिलरशिपमा बुकिङको लागि उपलब्ध छ ।

    बजाज अटो लिमिटेडको बारेमा:

    १०० भन्दा बढी देशहरूमा २ करोड १० लाखभन्दा बढी मोटरसाइकल बिक्री गरेको बजाज ब्रान्ड साँच्चिकै “विश्वको रोजाइको भारतीय” हो। यो भारतको नम्बर १ मोटरसाइकल निर्यातकर्ता हो र अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने तीन मध्ये दुई बाइकमा बजाज पर्छ । यो कम्पनी विश्वको सबैभन्दा ठूलो तीन पाङ्ग्रे सवारी साधन निर्माता पनि हो ।

    बजाज अटो विश्वको पहिलो दुई पाङ्ग्रे कम्पनी हो जसले INR एक ट्रिलियनको बजार पूँजीकरण पुर्‍याएको छ र विश्वको सबैभन्दा मूल्यवान दुई पाङ्ग्रे कम्पनी बन्न निरन्तर लागिरहेको छ । यसले विगत ७५ वर्षदेखि उत्कृष्ट डिजाइन र प्रविधि भएका गुणस्तरीय उत्पादनहरू सम्झौता नगरि प्रदान गर्दै आइरहेको छ । बजाज अटोले विद्युतीय दुई-पांग्रे सवारी साधनहरू डिजाइन, निर्माण र आधिकारिक डिलरहरूमार्फत बिक्री तथा सेवा प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ