Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य NPR २,८५,००० देखि


ग्लोबल पाना
बिहीबार , साउन २२ २०८२
  • 442
    SHARES

  • images
    कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य NPR २,८५,००० देखि

    काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    images
    images
    images

    NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको छ।

    तीन मोडेल, फरक पहिचान

    Velax Series को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ — उच्च प्रदर्शन खोज्नेहरूदेखि लिएर दैनिक यात्रुहरूका लागि:

    • Velax U (Ultra Performance) ४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।

    • Velax Fast Charging (२० मिनेटमै ८०% चार्ज) ३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८०% चार्ज हुन सक्छ र ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।

    • Velax H (High Performance) दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।

    स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा

    Velax Series मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:

    • Cruise Control – लामो यात्राका लागि सहजता

    • Reverse Mode – पार्किङमा सजिलो

    • Keyless Start र Smart Unlock

    • मोबाइल एप इन्टिग्रेसन – एण्टी-थेफ्ट अलर्ट, ट्र्याकिङ, र डाइग्नोस्टिकस

    • Regenerative Braking – रेञ्ज बढाउन सहयोगी

    • USB चार्जिङ पोर्ट, LED लाइट, र फुली डिजिटल ड्यासबोर्ड ग्यारेन्टी र सेवा नेटवर्क

    Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमी को वारेन्टी उपलब्ध छ । कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी भविष्यतर्फको confident कदम “Velax Series सँग हामी नेपाली प्रयोगकर्तालाई अझ बढी शक्ति, प्रविधि र सुविधासँग सुसज्जित स्कुटर प्रदान गर्दैछौं,” कुजु नेपालले जनाएको छ ।

    “तेज चार्जिङ, विश्वस्त रेञ्ज, र प्रिमियम सुविधासँग अब Velax हरेक घरको आवश्यकतामा फिट हुन्छ ।” विश्वका १०० भन्दा बढी देशमा ७ करोडभन्दा बढी प्रयोगकर्ताहरूसँग याडिया ब्रान्डले विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ।

    नेपालमा Velax Series को आगमनसँगै, कुजु नेपालले अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिक सवारी साधनलाई नेपाली सडकमा पुर्‍याएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ