Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो छ आजको मौसम, सामान्य बदली सहित तराईमा हुस्सु


ग्लोबल पाना
बुधबार, माघ ४ २०७९
  • 206
    SHARES

  • images
    यस्तो छ आजको मौसम, सामान्य बदली सहित तराईमा हुस्सु

    काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको प्रक्षेपण छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ