Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तीजको विशेष उपहार: मिरा उजेलीको ‘जुरेली गीत’ सार्वजनिक (भिडियाेसहित)


ग्लोबल पाना
सोमबार, साउन २६ २०८२
  • 1,247
    SHARES

  • images
    तीजको विशेष उपहार: मिरा उजेलीको ‘जुरेली गीत’ सार्वजनिक (भिडियाेसहित)

    काठमाडौं । तीजको रौनक बीच नेपाली सांगीतिक जगतकी चर्चित तथा बहुमुखी प्रतिभाशाली मिरा उजेलीले आफ्नो नयाँ सिर्जना ‘जुरेली गीत’ सार्वजनिक गरेकी छन् । नेपाली संस्कृति, तीजको उल्लास र महिलाको भावनालाई जीवन्त रूपमा उतारिएको यस गीतले छोटो समयमै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    स्वर रेजीना परियार र शब्द मिरा उजेलीको सिर्जनात्मक प्रस्तुति समावेश छ । संगीत संयोजनमा आधुनिकतालाई परम्परागत तीजको लयसँग सुन्दर मेल गराइएको छ । भिडियोमा उच्च गुणस्तरको छायांकन, आकर्षक रंग संयोजन र सशक्त सम्पादनमार्फत मनमोहक दृश्य प्रस्तुति दिइएको छ ।

    पश्चिम नेपालको मौलिक भाका र आधुनिक संगीतको सन्तुलित मिश्रण रहेको यस गीतमा गाउँको रमाइलोपन, दिदीबहिनीबीचको आत्मीयता, मित्रता, तथा चाडपर्वमा परिवार र साथीभाइबीचको स्नेहलाई प्रेमपूर्वक चित्रण गरिएको छ ।

    उजेलीका अनुसार, उनले आफ्ना गीतहरूमा आधुनिक प्रवृत्तिभन्दा पनि पुरानाे सभ्य र संस्कारी शैलीलाई प्राथमिकता दिने भएकाले उनका सिर्जनालाई ‘अर्गानिक गीत’ भनेर चिनिन्छ । मिरा उजेलीकाे शब्द र रेजिना परियार काे स्वर रहेकाे यस गीतमा अमेरिकाको सान फ्रान्सिस्कोमा बसोबास गर्ने थुप्रै नेपाली महिला दिदीबहिनीहरूले साथ दिएका छन् । नृत्यमा उदयीमान कलाकार आयुस्मा चापागाई, परिधि पाण्डे, प्रदीप्ति पाण्डे, मानुसी ढकाल, स्तुती शर्मा र आशा न्यौपानेको सहभागिताले गीतको आकर्षणलाई अझ बढाएको छ ।

    सार्वजनिक कार्यक्रममा गायिका उजेलीले भनिन्  “यो गीत संसारभर रहेका नेपाली दिदीबहिनी र परिवारका लागि मेरो तर्फबाट तीजको विशेष उपहार हो। चाहे कोही देशमा होस् वा विदेशमा, ‘मिरा उजेलीको जुरेली गीत’ले आफ्नै गाउँ, संस्कृति र परिवारको मायामा सबैलाई डुबाउनेछ भन्ने मलाई विश्वास छ ।”

    मिरा उजेलीका अन्य गीत तथा प्रस्तुति युट्युबमा उपलब्ध छन् । अमेरिकामा बसोबास गर्दै आएकी उनी सामाजिक सेवा र सबैलाई समान माया गर्ने स्वभावका कारण अमेरिकी डायस्पोरामाझ परिचित छन् ।

    हेर्नुहाेस् भिडियाेमा

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ