Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं अधिवेशन अगस्ट १७ मा


ग्लोबल पाना
सोमबार, साउन २६ २०८२
  • 746
    SHARES

  • images
    नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं अधिवेशन अगस्ट १७ मा

    दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाले यही अगस्ट १७ तारिख शनिबार सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा १३औं अधिवेशन गर्ने भएको छ । अध्यक्ष दीपक श्रेष्ठका अनुसार अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

    images
    images
    images

    हालै सम्पन्न संरक्षक, सल्लाहकार, पदाधिकारी तथा कार्यसमितिको बैठकमार्फत संरक्षक खेमराज देवकोटाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा सदस्यका रूपमा सल्लाहकार राम श्रेष्ठ र सल्लाहकार ईश्वर रेग्मी रहेका छन्। महासचिव अशोक खड्काले बैठकले सर्वसम्मत रूपमा निर्वाचन समिति टुंगो लगाएको जानकारी दिनुभयो ।

    यस्तै, विधान संशोधनका लागि डा. बाबु काजी श्रेष्ठको संयोजकत्वमा सल्लाहकार केशर राना मगर र महासचिव अशोक खड्का सदस्य रहेको समिति पनि गठन भएको वरिष्ठ उपाध्यक्ष देवी गौतमले जानकारी दिनुभयो । अधिवेशन दिउँसो ठिक १२ बजेबाट सुरु हुने बताइएकाे छ ।

    सम्पूर्ण कोरियामा रहेका नेपाली तथा गोर्खाली दाजुभाइ–दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन संस्थाले हार्दिक आह्वान गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ