Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली समुदायका प्रिय केपी ढकाल एनआरएनए क्यालिफोर्निया अध्यक्षमा निर्वाचित


ग्लोबल पाना
सोमबार, साउन २६ २०८२
  • 2,523
    SHARES

  • images
    नेपाली समुदायका प्रिय केपी ढकाल एनआरएनए क्यालिफोर्निया अध्यक्षमा निर्वाचित

    क्यालिफोर्निया । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका क्यालिफोर्निया च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि भएका निर्वाचनमा कुल प्रसाद ढकाल (केपी ढकाल) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    नेपाली समुदायमा लामो समयदेखि सक्रिय, सहयोगी र मिलनसार स्वभावका ढकालले विजयी घोषणापछि क्यालिफोर्नियामा रहेका नेपालीहरूको साझा हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    निर्वाचनमा भएका सबै सदस्यहरूको समर्थन पाएर निर्वाचित भएका ढकालले आगामी दुई वर्षमा सांस्कृतिक, सामाजिक तथा सहयोगी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने योजना बताएका छन् ।

    उक्त च्याप्टरको नयाँ कार्यसमितिमा उपाध्यक्षमा तिलक बहादुर राना, महिला उपाध्यक्षमा चन्द्रा माया गुरुङ, सचिवमा कैलास केसी, महिला सचिवमा रन्जना पान्डे,महिला संयोजकमा भगवती वन, युवा संयोजकमा पवन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा अर्जुन श्रेष्ठ, विनिल प्रसाद धिताल, ई कुमार श्रेष्ठ, हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खग बहादुर बटला, टेक खड्का र केशर कुसारी रहेका छन् ।

    उनले SMART NRNA एपमार्फत सदस्यता लिन र नवीकरण गर्न सबैलाई आग्रह गर्दै भने, “संस्थालाई गाली होइन, राम्रो नेतृत्व रोजौं । सुधार र विकासका लागि म तपाईंको साथ र विश्वासका साथ काम गर्न तत्पर छु ।”

    ढकालको नेतृत्वमा क्यालिफोर्नियाका नेपालीहरूले नयाँ आशा र उत्साहका साथ समृद्धि, एकता र सांस्कृतिक संरक्षणको यात्रालाई अघि बढाउन सफल हुनेछ भन्ने विश्वास गरेका छन् । उनले समुदायका सबै तहसँग मिलेर सहकार्य गर्दै दिगो विकास र सामाजिक सद्भाव स्थापित गर्न प्रतिबद्धता जनाएका छन् ।

    समर्पण र नेतृत्व क्षमताले नेपाल-विदेशका नेपालीहरूबीच पुल निर्माण गर्ने र नयाँ सफलताको मार्ग प्रशस्त गर्ने विश्वास सबैमा रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ