काठमाडौं । ‘इन्टा अटायर’को आयोजनामा २०८१ साल साउन २८ गते शनिबार, काठमाडौंको बुढानिलकण्ठस्थित चिसनी ह्याप्पी हिल रिसोर्टमा भव्य रूपमा ‘तीज फेशन रनवे’ सम्पन्न भएको छ । कार्यक्रममा इन्टा अटायरकी संस्थापक तथा फेशन डिजाइनर इन्टा श्रेष्ठले ब्राइडल सारी, खुर्ता सेट र इन्डो–वेस्टर्न ड्रेसको आकर्षक संग्रह प्रस्तुत गरिन् ।
उक्त संग्रहमा २५ जना मोडलहरूको प्रस्तुति रहेको थियो, जसमा बालबालिका समेत सहभागी थिए। शो–टपरको रूपमा ‘मिसेस नेपाल युनिभर्स २०१८’ मनीषा डंगोल (श्रेष्ठ)ले विशेष आकर्षण प्रस्तुत गरिन् । आधिकारिक कोरियोग्राफी सुमिना महर्जनले गरिन् भने सञ्चालक (MC) समाइरा श्रेष्ठ थिइन् ।
कार्यक्रमको उद्घाटन प्रमुख फोटोग्राफर राज भाई सुवाल र इन्टा अटायरकी संस्थापक तथा फेशन डिजाइनर इन्टा श्रेष्ठले गरेकी थिइन । यस कार्यक्रमलाई इशान कन्स्ट्रक्सन, लन्डन फेशन हाउस, सुशिया फेशन हाउस, औकी इभेन्ट, नेइको इन्टरप्राइज, भ्यानिटी मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, ह्याप्पी हिल रिसोर्ट र हिमालयन बियरले प्रायोजन तथा सहयोग गरेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


