Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कोइका नेपालद्वारा ‘के–फुड उद्यमशीलता तालिम’ सम्पन्न, कोरियाली राजदूतले आत्मनिर्भर उद्यमशीलतामा जोड


ग्लोबल पाना
मंगलबार, साउन २७ २०८२
  • 359
    SHARES

  • images
    कोइका नेपालद्वारा ‘के–फुड उद्यमशीलता तालिम’ सम्पन्न, कोरियाली राजदूतले आत्मनिर्भर उद्यमशीलतामा जोड

    काठमाडौं । गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा, कोइका नेपाल र एचआरडी कोरियाको समन्वयमा सञ्चालन भएको ‘के–फुड उद्यमशीलता तालिम’ काठमाडौंमा सम्पन्न भएको छ ।

    images
    images
    images

    समापन कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले उक्त तालिमको उद्देश्य कोरियामा रोजगारको अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहित गर्नु रहेको बताए । उनले उद्यमशीलता सिप विकास तालिमले सहभागीहरूलाई आत्मनिर्भर र सफल उद्यमी बन्ने मार्ग खुलाउने विश्वास व्यक्त गरे ।

    राजदूत पार्कले केही महिना अघि दूतावासले प्रकाशनमा ल्याएको ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ पुस्तकको बारेमा पनि जानकारी गराए। उक्त पुस्तकमा समावेश ५० जना सफल उद्यमीहरूको प्रेरणादायी कथाले नयाँ उद्यमीलाई मार्गदर्शन गर्ने उल्लेख गर्दै उनले तालिम र प्रशिक्षण कार्यक्रमको महत्वमा जोड दिए ।

    कोइका नेपालका प्रमुख खोङ मुहनले ‘के–हामी’ परियोजना मार्फत कोरियामा रोजगारीको अनुभव भएका युवालाई विभिन्न उद्यमशीलता तालिम प्रदान गरिरहेको र नेपालमा दिगो विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले सन् २०२२ देखि सुरु भएको उद्यमशीलता तथा पुनःस्थापना कार्यक्रमबाट धेरै नेपाली लाभान्वित हुने अपेक्षा व्यक्त गरे ।

    उनले यस्ता तालिमहरूले उद्यमशीलता सिप विकासमा गति ल्याउने विश्वास पनि व्यक्त गरे। तालिमका क्रममा कोरियाबाट आएका दुई विशेषज्ञ शेफहरूले ८ दिनसम्म सञ्चालन गरिएको ४५ घण्टे प्रशिक्षणमार्फत तकबोख्की, थाख्खाङजाङ, हेजाङखुग, खाम्जाजन्, थाख्थोरीथाङ लगायतका लोकप्रिय कोरियाली परिकार बनाउनका सीप हस्तान्तरण गरे। कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी बनेका थिए, जस मध्ये ३ जनाले उत्कृष्ट परिणाम हासिल गरी प्रशंसा–पत्र प्राप्त गरे ।

    राजदूत पार्कले सबै सहभागीलाई प्रमाणपत्र वितरण गर्दै, कोरिया सरकारले दिगो स्टार्टअप इकोसिस्टम विस्तारका लागि निरन्तर सहयोग गर्ने र यसबाट रोजगारी सिर्जना भई नेपालको अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ