Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महिला सशक्तिकरणमा नयाँ कदम: धनकुमारी न्यौपानेको अध्यक्षतामा समिति गठन


ग्लोबल पाना
बिहीबार , साउन २९ २०८२
  • 1,010
    SHARES

  • images
    महिला सशक्तिकरणमा नयाँ कदम: धनकुमारी न्यौपानेको अध्यक्षतामा समिति गठन

    काठमाडौं । नेकपा माओवादी केन्द्रअन्तर्गतको अखिल नेपाल महिला संघ, गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले नयाँ यात्रा सुरु गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न भेलाले धनकुमारी न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

    images
    images
    images

    नयाँ समितिले संगठनलाई थप सक्रिय, समन्वयपूर्ण र सबल बनाउने लक्ष्य लिएको छ । उपाध्यक्षमा सावित्रा तिमल्सिना, बिनिता देवकोटा र रिता अर्याल चयन भएका छन् भने सचिवमा कल्पना पन्त, सह–सचिवमा रितु मगराती र कोषाध्यक्षमा पुष्पा पान्डे रहेका छन् ।

    कार्यक्रममा माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज यशोदा सुवेदी प्रमुख अतिथि रहेकी थिइन् । गण्डकी सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना लगायतका नेताहरु पनि उपस्थित थिए ।

    अध्यक्ष न्यौपानेले उद्घाटन भाषणमा महिला सशक्तिकरण र नयाँ समितिको महत्वको चर्चा गर्दै आगामी दिनमा संगठनलाई अझ सबल बनाउने दृढ संकल्प व्यक्त गरिन् । लामो समयदेखि महिला सशक्तिकरण र पार्टीगत नेतृत्वमा सक्रिय न्यौपाने आफ्नो नेतृत्वमा समन्वय, पारदर्शिता र रचनात्मक कार्यप्रणालीमा विश्वास राख्छिन् ।

    नयाँ समितिको अध्यक्षको रूपमा उनी स्थानीय र केन्द्रियस्तरमा महिला नेतृत्व र संगठन सुदृढीकरणमा विशेष योगदान दिने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ