Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ललितपुरमा खुल्यो फेसियल हाउसले ११औं शाखा


ग्लोबल पाना
शनिबार, भदौ २१ २०८२
  • 370
    SHARES

  • images
    ललितपुरमा खुल्यो फेसियल हाउसले ११औं शाखा

    काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले आफ्नो ११औं शाखा ललितपुरको कुमारीपाटीमा बिस्तार गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले शाखाको उद्घाटन गरिन् ।

    images
    images
    images

    उद्घाटनपछि बोल्दै राणाले फेसियल हाउसको विस्तारले रोजगारी सिर्जनामा महत्वपुर्ण योगदान पुर्याएको बताइन् । फेसियल हाउसले खाली मान्छेलाई राम्रो पार्ने मात्र नभई अहिलेको बेरोजगारी समस्या केही हदसम्म हल गर्न सकेको उनको धारणा रहेको थियो । ‘सबभन्दा ठूलो कुरो त रोजगारी सिर्जना गर्नेमा चाहिँ यसले ठूलो मद्दत पुर्याइरहेको छ । झन्डै २०० भन्दा बढीलाई रोजगारी दिएको छ’, राणाले भनिन् ‘फेसियल हाउसले सौन्दर्य मात्र नभई व्यक्तित्व विकास, स्किन टेस्ट, हेयरकट लगायतका सेवामार्फत मानिसहरूलाई सुन्दर बनाउनुका साथै नेपाली हर्बल उत्पादनलाई कस्मेटिकमा प्रयोग गर्ने योजना र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेकोमा खुसी छु ।’ फेसियल हाउस आउँदा आफुलाई सधैं राम्रो भाइब्स आउने बताउदै उनले यसले मान्छेमा सकारात्मक ऊर्जा दिने धारणा राखिन् ।

    सो अवसरमा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महराले आफ्नो व्यवसाय प्रतिको लगनशीलता र उत्साह व्यक्त गरिन् । आफ्नो व्यवसायलाई सन्तानको संज्ञा दिँदै उनले भनिन्, ‘मेरो घर बरु मलाई त्यति सारो प्यारो लाग्दैन, गएर सुत्ने मात्रै हो । तर मेरो फेसियल हाउस मैले जन्म दिएको एउटा जेठो छोराछोरी जस्तो हो । मैले फेसियल हाउस खोलेदेखि दिनरात एक गरेर चाडबाड पनि भन्दिन ।’

    महराले कोभिड तथा भूकम्प जस्ता चुनौतीको सामना गरेर पनि अगाडि बढिरहेको बताइन् । उनले मध्यम र निम्न वर्ग लगायत सबैलाई सुहाउने किफायती मूल्यमा सेवा प्रदान गर्ने र सुन्दर बन्ने चाहना सबैको साझा भएकाले यो उद्योग कहिल्यै नमर्ने विश्वास व्यक्त गरिन् । ‘पहिले ‘नाई’ र ‘हजाम’ को रुपमा हेरिने यस फिल्डलाई अहिले सम्पन्न परिवारका छोराछोरीले पनि सिकिरहेका छन् । यो फिल्डलाई हेर्ने नजरिया बदलिसकेको छ’ महराले थपिन् ।

    ललितपुरका बासिन्दाले नजिकै शाखा खुलेकाले खुसी व्यक्त गरेको र भविष्यमा पनि सहयोगको अपेक्षा राखेको उनले बताइन् । सुरुमा काठमाडौंको काठमाडौं मलमा खुलेको फेसियल हाउस चावहिल, सिटिसि मल हुँदै उपत्यका बाहिर पोखरा, सुर्खेत, धनगढीसम्म पुगेको छ । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअपण्, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ