काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ । यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए। रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन् ।
यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ । त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो। लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु ।
यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।” “यामाहा राइड द ब्लू विद रोडिज” अभियानमा निम्न अफरहरू रहेका छन्: - बाइक खरिदअघि नै अधिकतम रु. १ लाखसम्मको नगद उपहार - बाइक खरिदपछि अधिकतम रु. १० लाखसम्मको नगद उपहार - हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक - फ्री हेलमेट, ४ वटा नि:शुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५% छुट - स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ०% ब्याजसहित ईएमआई सुविधा यामाहा यस “यामाहा राइड द ब्लू विद रोडिज” अभियानमार्फत सबैजनालाई पर्वको खुशीसँगै यामाहाको रोमाञ्चको थ्रिल, स्टाइलको बोल्डनेस र यामाहालाई पुस्तौंदेखिको विश्वासिलो नाम बनाउन सफल यसको उत्कृष्ट पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गर्दछ ।
एम.ए.डब्लू. राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल सधैं नवीनता, पर्फर्मेन्स र भरोसामा अग्रणी रहँदै आएको छ। यसले जापानी प्रविधि, उत्कृष्ट स्टाइल र उत्साहको संयोजन मार्फत् नेपाली राइडरहरूलाई विश्वस्तरीय दुईपांग्रे सवारी उपलब्ध गराउँदै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


