काठमाडौँ । कुजु नेपाल प्रा. लि., नेपालका लागि Yadea को एकमात्र आधिकारिक वितरक,ले धेरै प्रतीक्षित Yadea Owin लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । इटालियन शैलीबाट प्रेरित रेट्रो–मोडर्न डिजाइन र याडेआको अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको Owin लाई यस वर्षको सबैभन्दा अपेक्षित इलेक्ट्रिक स्कुटरको रूपमा लिइएको छ ।
स्मार्ट सिटी कम्युटिङका लागि निर्मित, यसले शक्तिशाली २८००W पिक आउटपुट मोटर, भरपर्दो ७२V ३०Ah LFP ब्याट्री र १०५ किमी सम्मको रेन्जसहित सहज र वातावरणमैत्री सवारी अनुभव दिन्छ । साथै, क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता सुविधाले यात्रालाई अझ सजिलो र आरामदायी बनाउँछ ।
Yadea Owin को आधिकारिक मूल्य रू. २,३५,००० तोकिएको भए पनि, दशैं विशेष र Yadea को ८ वर्ष लगातार विश्व नं.१ उपलब्धिको अवसरमा: विशेष प्रारम्भिक मूल्य: रू. २,१०,००० (सिमित स्टकका लागि मात्र) हरेक Yadea उत्पादनमा जस्तै, Owin पनि ३ वर्ष वा ५०,००० किमी वारेन्टीसहित आउँछ, जसले दीर्घकालीन विश्वास र शान्ति सुनिश्चित गर्दछ ।
कुजु नेपालका प्रवक्ता भन्नुहुन्छ, "Owin केवल स्कुटर मात्र होइन — यसले नेपाली राइडरलाई नयाँ पुस्ताको स्टाइलिश, स्मार्ट र दिगो मोबिलिटीको अनुभव दिनेछ। यो दशैं विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर Yadea को विश्वव्यापी सफलता मनाउने अवसर हो" ।
Yadea बारेमा:
Yadea विश्वकै नं.१ इलेक्ट्रिक दुई-पांग्रे ब्रान्ड हो, लगातार ८ वर्षदेखि हालसम्म १०० भन्दा बढी देशका ७०+ मिलियन प्रयोगकर्ताहरूले विश्वास गरेका याडेआ निरन्तर आर एण्ड डी (R&D) नवप्रवर्तन र विश्वव्यापी नेतृत्वमार्फत हरित मोबिलिटीको भविष्य निर्माण गरिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


