काठमाडौं । नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ। गीतमा राज टाइगरको शब्द, बसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको छ। आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता–दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
गीतको Mixing/Mastering गोविन्द सोनी, Recording बिशाल योन्जन र Muurchhanga Studio मा सम्पन्न गरिएको हो। अडियो तथा भिडियो दुवैलाई Sadikshya Films ले प्रस्तुत गरेको हो । भिडियो पक्षमा अमर ओलीको निर्देशन रहेको छ भने, सुर्य कुमार र रबिना कार्कीको अभिनय देख्न सकिन्छ ।
छायांकन ज्ञान कुमार कट्टेल, सम्पादन तथा रंग संयोजन पदम सुबेदी, मेकअप आर्टिस्ट मीरा लामा र पोस्ट–प्रोडक्सन Sadikshya Filmsले गरेको हो । यस गीतलाई सदिक्षा फिल्म्स युटुबमार्फत हेर्न सकिन्छ। संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


