Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग सहकार्य


ग्लोबल पाना
शनिबार, असोज ११ २०८२
  • 385
    SHARES

  • images
    एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग सहकार्य

    काठमाडौं । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई सगर्व प्रायोजन गरेको छ । कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो प्रायोजन गरेको हो । कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ ।

    अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन्। यस एजीएममा सहभागिता मार्फत् जेसिबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ ।

    कार्यक्रममा जेसिबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर JCB Telehandler 530-110प्रदर्शन गरेको थियो । यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ, जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ ।

    यसको आधुनिक डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकहरूका लागि उत्कृष्ट समाधान बनाउँछ । एजीएमलेजेसिबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवाहरूसँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो । प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसिबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्न कसरी सहयोग पुर्‍याउँछ भन्ने बारेमा जानकारीहरू बाँड्ने मौका प्राप्त गरेको थियो ।

    यस सहभागिताले जेसिबीमेसिनहरूको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गर्‍यो । गुणस्तरीय मेसिनरी र भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत जेसिबी नेपाल इँटा उद्योगलाई सशक्त बनाउन पाउँदा गर्व गर्दछ। एमएडब्लू अर्थमुभर्स प्रा. लि.नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ ।

    इँटा उद्योगजस्ता प्रमुख क्षेत्रहरूसँग निकट सहकार्य गर्दै जेसिबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ