Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि एक दिने मनोपरामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम


मंगलबार, असोज १४ २०८२
  • 906
    SHARES

  • images
    बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि एक दिने मनोपरामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    काठमाडौं । डाउन सिण्ड्रोम समाज नेपालले यही असोज ९ गते बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू, उनीहरूका सहयोगी तथा संरक्षणकहरुका लागि काठमाडौँमा मनोसामाजिक परामर्श सम्बन्धी (Nurturing Strength and sharing : Supporting families and caregivers of people with intellectual Disabilities) एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गर्योd ।

    images
    images
    images

    यस कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाजकी अध्यक्ष शिला थापाले बौद्धिक अपाङ्गता तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूको मानसिक स्वास्थ्यलाई सहज बनाउने, आफ्नो स्वास्थ्यका विषयमा आफै हेरचाह गर्न सक्ने अवस्था सृजना होस्, मानसिक रूपमा पनि तन्दुरुस्त रहन सकुन् भन्ने उद्देश्यले मनोपरामर्श सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

    साथै उहाँले विगत लामो समय देखि अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकार स्थापित गर्नका लागि वकालत तथा पैरवी गरिरहेको र अभिभावकहरूको मानसिक स्वास्थ्य अवस्थालाई सबल बनाउनका लागि पनि यस्ता कार्यक्रमहरूको आयोजना गरिनु पर्ने भन्दै हामीले शिक्षित हुँदै आफ्नो बच्चाको अपाङ्गतालाई स्वीकार गर्नु पर्ने, आफ्नो जिम्मेवारी प्रति सचेत रहँदै आफ्ना अपाङ्गता भएका सन्तानको विषयमा विभिन्न कार्यक्रमहरूमा छलफल गर्न जरुरी रहेको बताउनु भयो ।

    डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि काठमाडौँमा मनोसामाजिक परामर्श सम्बन्धी (Nurturing Strength and sharing : Supporting families and caregivers of people with intellectual Disabilities) एक दिने अन्तरक्रिया कार्यक्रमको सहजीकरण मनोपरामर्शदाता द्वय शक्तिदा सिंह र कुसुम श्री निरौलाले गर्नु भएको थियो ।

    उहाँहरूले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू, उनीहरूका सहयोगी तथा संरक्षणकहरुलाई मनोपरामर्शको बारेमा जानकारी दिँदै आत्म चिन्तनका विषयमा सहजीकरण गर्नु भयो । आत्म चिन्तनमा मनलाई शान्त बनाउन, आफूलाई स्वास्थ्य राख्नको लागि आफ्नै नाममा पत्र लेख्न, आफ्नो बच्चाले के गर्दा आफूलाई खुसी लाग्ने जस्ता कुराहरू सोधै मनोरञ्जन तरिकाले प्रयोगात्मक अभ्यास पनि गराउनु भयो ।

    साथै उहाँहरूले यसै मनोपरामर्श अन्तर्गत जीवनका कठिन चुनौतीहरूका विषयमा बताउँदै आफ्नो हेरचाहका लागि हिँड्नु गर्न, आध्यात्मिकता तिर समय दिनु पर्ने, ध्यान गर्नु पर्ने, स्वस्थ आहार खानु पर्ने, सामाजिक सम्बन्ध राख्नु पर्ने, प्रकृतिसँग नजिक हुनु पर्ने, आफूले गरेको कार्य विवरण लेख्ने बानीको विकास गर्नु पर्ने तथा विभिन्न सहयोगी समूहहरूमा सहभागी हुने कार्यहरूको अवलम्बन गरेमा मानसिक स्वास्थ्य राम्रो हुने कुरामा जोड दिनु भएको थियो ।

    यसै क्रममा सहजकर्ता तथा मनोपरामर्शदाता शक्तिदा सिंह आफ्नो मानसिक स्वास्थ्य सबल बनाउनका लागि आफ्नो क्षमताको पहिचान आफैले गर्न सक्नु पर्ने, अपाङ्गताको विषयमा समाजमा खुलेर कुरा गर्नु पर्ने, अपाङ्गता भएका आफ्ना सन्तानलाई सामाजिक कार्यहरूमा सहभागी गराउनु पर्ने, अपाङ्गतालाई कमजोरीको रूपमा हेर्न नहुने बताउनु भयो ।

    त्यसै गरी अर्का सहजकर्ता तथा मनोपरामर्शकर्ता कुसुम श्री निरौलाले सो छलफलको सहजिकरणका साथसाथै आफ्नो मनमा लागेका तथा अपाङ्गताका बारेमा आफ्नो समूहमा व्यक्त गर्नु पर्ने, आफूले आफैलाई बिर्सन नहुने, आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्नु पर्ने विभिन्न अनुभूतिहरूका विषयमा आफ्ना बालबच्चाहरूलाई सिकाउनु पर्ने बताउनु भयो ।

    सो छलफलमा काठमाडौँ निवासी डाउन सिण्ड्रोम अपाङ्गताका अभिभावक निलीमा शर्माले आफूले पनि आफ्ना अपाङ्गता भएका सन्तानहरूलाई पनि उनीहरूको आनीबानीका साथै सामाजिक कार्यहरू नियमित सिकाउनु तथा बुझाउनु पर्ने, साथै अपाङ्गताको विषयमा पनि समाजमा वकालत तथा पैरवी गर्ने कार्यमा लागि पर्नु पर्ने बताउँदै अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि यस्तो मनोपरामर्श सम्बन्धी छलफलले मानसिक स्वास्थ्यमा सहजता ल्याउन सहयोग गर्ने बताउनु भयो ।

    त्यसै ललितपुरको गोदावरी नगरपालिका वडा नं २ का अभिभावक रमेश तामाङले अपाङ्गता भएका सन्तानहरूलाई घरपरिवारका अन्य सदस्यहरूले स्वीकार नगर्दा समाजमा पनि अपहेलित हुन परेको गुनासो गर्दै आमालाई धेरै चुनौती रहेको बताउनु भयो ।

    साथै उहाँले सामाजिक जनचेतनाको कमीले गर्दा अपाङ्गता भएका बालबालिकाहरूलाई घरभित्र नै लुकाएर राखिएको पाइएको र अबका दिनमा उनीहरूलाई पनि समाजमा घुलमिल गराउनु पर्ने, सामाजिक कार्य तथा व्यवहारहरू सिकाउनु पर्ने र सरोकारवाला निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूलाई विभिन्न समयमा मनोपरामर्श तालिमहरू सञ्चालन गर्नु पर्ने बताउँदै डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको यस मनोपरामर्श छलफलले अभिभावकहरूलाई मानसिक स्वास्थ्यमा धेरै सहयोग गर्ने बताउनु भयो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ