Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सामसङले नेपालमा Galaxy M17 5G लॉन्च गर्‍यो सेग्मेन्टकै पहिलो OIS क्यामेरा ! उन्नत Galaxy AI फिचरसहित


ग्लोबल पाना
बिहीबार , कात्तिक २० २०८२
  • 376
    SHARES

  • images
    सामसङले नेपालमा Galaxy M17 5G लॉन्च गर्‍यो सेग्मेन्टकै पहिलो OIS क्यामेरा ! उन्नत Galaxy AI फिचरसहित

    “नो-शेक क्यामेरा” इन्नोभेसन र Galaxy AI अनुभव अब अझ धेरै नेपाली प्रयोगकर्तासम्म

    काठमाडौं । सामसङले नेपालमा लोकप्रिय Galaxy M सिरिजको नयाँ सदस्य Galaxy M17 5G सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् “No Shake Camera” प्रविधि ल्याएको छ। अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ ।

    images
    images
    images

    यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्। सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक श्री प्रणय रत्न स्थापित भन्नुहुन्छ: “Galaxy M17 5G मार्फत हामी AI र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ ।

    ‘No Shake Camera’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ। यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन् ।” जबरजस्त टिकाउपन, दमदार परफर्मेन्स र Monster AI अनुभव Galaxy AI द्वारा सञ्चालित Galaxy M17 5G मा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ ।

    ६ न्यानोमिटरको Exynos 1330 प्रोसेसरले उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ। मुख्य विशेषताहरू:

    • 6.7" FHD+ Super AMOLED डिस्प्ले

    • Corning Gorilla Glass Victus द्वारा सुरक्षित

    • IP54 रेटिङ सहित धूलो र पानीबाट सुरक्षा

    यी सबै सुविधाहरूले Galaxy M17 5G लाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथि बनाउँछ। मूल्य तथा अफर प्रोडक्ट भेरियन्ट मूल्य (NPR) Galaxy M17 5G 4GB / 128GB 25,999 6GB / 128GB 27,999 उपलब्धता Galaxy M17 5G अब देशभरका Samsung Authorized Retail Stores, Samsung Plaza, र प्रमुख e-commerce प्लेटफर्महरूमा उपलब्ध छ ।

    उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यस नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ