Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक (भिडियाेसहित)


ग्लोबल पाना
शनिबार, कात्तिक २२ २०८२
  • 483
    SHARES

  • images
    गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक (भिडियाेसहित)

    काठमाडौं । गायक विनोद बानियाँको स्वर र संगीतमा नयाँ नेपाली गीत “यही दु:ख गरौला” सार्वजनिक भएको छ। गीतको भिडियो अहिले युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतका शब्द तथा संगीतकार सुरज उपाध्याय हुन् भने संगीत संयोजन राजेश बिष्ट क्षेत्रीले गरेका छन् । गीतको मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रले अकौस्टिक नेपाल स्टुडियोमा गरेका हुन् ।

    images
    images
    images

    भिडियोतर्फ, नेत्र गुरुङको निर्देशन, सम्पादन तथा रङ संयोजन रहेको छ। भिडियोमा विक्रम कार्की, सुष्मा श्रेष्ठ, देवराज गुरुङ, सुबास श्रेष्ठ र सिजन श्रेष्ठले अभिनय गरेका छन्। क्यामेरामा मिलन संखर, ड्रोन तथा सहायक क्यामेरामा गणेश सापकोटा, प्रकाश व्यवस्थापनमा अमृत देवकोटा र हरी पौडेल छन्। मेकअप जया गुरुङले सम्भालेकी छिन् भने उत्पादन व्यवस्थापक सुबास रामदाम हुन्। गीतको छायांकन लुवाङ गाउँमा गरिएको हो ।

    भिडियो नेत्र इन्टरटेनमेन्टको पोस्ट–प्रोडक्सनमा तयार गरिएको हो। सामाजिक यथार्थ र प्रेमका भाव समेटिएको यो गीतले दर्शक–श्रोतामाझ भावनात्मक स्पर्श ल्याउने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ