Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ सेफ थापामगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित


ग्लोबल पाना
शनिबार, कात्तिक २२ २०८२
  • 663
    SHARES

  • images
    वरिष्ठ सेफ थापामगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित

    ललितपुर । सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक पुष्प थापामगर “फादर अफ सेफ्स" उपाधिबाट सम्मानित हुनुभएको छ ।

    images
    images
    images

    शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई “फादर अफ सेफ्स" उपाधिबाट बिशेष सम्मान गरिएको हो ।

    झन्डै पाँच दशक देखि आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा सकृय थापामगरलाई नेपाली पाककला मार्फत नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप “फादर अफ सेफ्स" उपाधिबाट सम्मान गरिएको सेफ्स एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले बताउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ