काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलहरूको सेट नै सार्वजनिक गरेको छ। ‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरेपछि, टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू उपलब्ध गराएको छ ।
फ्यामिली पेयारिंग मार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्छन्। उनीहरूले दैनिक स्क्रीन-टाइम लिमिट राख्न रशेड्युल ब्रेक राख्न सक्छन् । साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन् । सजिलो सेटअपदेखि डिजिटल सुरक्षासम्म, प्रयोगकर्ता र समुदायको सुरक्षा सुनिश्चित गर्न टिकटक प्रतिबद्ध छ ।
१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वत: बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ । टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गर्छ। १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रीन-टाइम लिमिटपनि डिफल्ट रूपमा सेट हुन्छ ।
यस प्रणालीले किशोरहरूका लागि अनुपयुक्त मानिएका कन्टेन्टहरू छानेर हटाउँछर प्रयोगकर्ताहरू सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ। अब, अभिभावकहरूले आफ्ना बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् र बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन् ।
यी टुलहरूले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन-टाइमर उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ। टिकटकले स्पष्ट रूपमा बताएको छ कि यी टुलहरू केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर-किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन् ।
प्रयोगकर्ताको वेल-बीइंगलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धताअन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गर्यो, जसको उद्देश्य सबै उमेरका मानिसहरूलाई माइन्डफुलनेस अभ्यासहरू सजिलै उपलब्ध गराउनु हो । यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ, र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्गदर्शित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ, जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ ।
स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ, र राति १० बजेपछि फर यू फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ। वयस्कहरूले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैं सक्रिय गर्न सक्छन्। यी टुलहरू मार्फत, टिकटकले किशोर र वयस्क दुबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ, जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रीन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ ।
टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएको हो, जसमा किशोरहरूको सुरक्षाका लागि५० भन्दा बढी सुरक्षा उपायहरूछन्।जस्तै, उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रीन-टाइम लिमिट र सीमित मेसेजिङ सुविधा। टिकटकले डिजिटल सेफ्टी पार्टनरशिप फर फ्यामिलीजमार्फत परिवारलाई घरमा डिजिटल बानी सम्बन्धी मार्गदर्शन र स्रोत उपलब्ध गराइरहेको छ । फ्यामिली पेयरिंग जस्ता भरोसा र र उमेरअनुसार सुरक्षा नियन्त्रणको सुविधा मार्फत टिकटकले परिवारलाई सुरक्षित वातावरणमा नयाँ पुस्तालाई अन्वेषण, सिर्जना तथा अर्थपूर्ण रूपमा जोडिन सहयोग गरिरहेको छ।
टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको अग्रणी विश्वव्यापी गन्तव्य हो । हाम्रो उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो । टिकटकका ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छन्, र यसका न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा कार्यालयहरू रहेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


