काठमाडौं । हालै डोंगफेंग मोटरले उत्तर अफ्रिकी बजारमा आफ्नो विस्तारलाई अझै तीव्र बनाएको छ। ट्युनिसियामा आयोजित नयाँ कार–लन्च कार्यक्रममा तीन नयाँ मोडेलहरू सार्वजनिक गरिए। योसँगै, 192 KD युनिटहरू इजिप्ट पठाइएको घोषणा गर्दै कम्पनीले यस क्षेत्रमा सहकार्यको नयाँ अध्याय सुरु गरेको छ। कम्पनीले आफ्नो “इन्टरनेसनलाईजेसन लिप” रणनीति अघि बढाउन ठोस कदमहरू चाल्दैछ।
निरन्तर इनोभेसन र गुणस्तरलाई प्रवर्द्धन गर्दै, डोंगफेंग मोटर “मेड इन चाइना विद इन्टेलिजेन्स”को विश्वव्यापी प्रतिष्ठा बढाउँदैछ।
१. अफ्रिकी बजारमा दायरा विस्तार - ट्युनिसियामा डोंगफेंग मोटरको शक्तिशाली शुरुवात
हालै ट्युनिसियाको राजधानी ट्युनिसमा डोंगफेंग मोटरले नयाँ कार लन्च कार्यक्रम सम्पन्न गर्यो, जहाँ कम्पनीका तीन बेस्ट–सेलिङ मोडेलहरू सार्वजनिक गरिए। यसलाई अफ्रिकी बजारमा डोंगफेंग मोटरको रणनीतिक विस्तारको नयाँ अध्यायका रूपमा हेरिएको छ। यस लन्च कार्यक्रममा तीन बेस्ट-सेलिंग मोडलहरू DONGFENG Shine, DONGFENG ShineMax HEV, र DONGFENG Box प्रस्तुत गरिएको थियो। विभिन्न दैनिक प्रयोगका आवश्यकता पूरा गर्न उपयुक्त यी मोडलहरू स्थानीय उपभोक्ताको यात्रा आवश्यकतामा केन्द्रित छन्।
कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको थियो जहाँ रेन्टल कार कम्पनीका हेड, स्थानीय चर्चित इन्टरनेट इन्फ्लुएन्सरहरू, कार समीक्षकहरू, पत्रकारहरू र सरकारी विभागका प्रतिनिधिहरूसहित करिब २०० भन्दा बढी अतिथिहरूको सहभागिता रहेको थियो। आगन्तुकहरूले ट्युनिसियन मार्केटमा डोंगफेंग मोटरको धमाकेदार उपस्थितिलाई नजिकबाट अवलोकन गरेका थिए।
प्रेस अन्तरक्रिया कार्यक्रममा यी तीन गाडीहरूको प्रदर्शन, डिजाइन र बजार लक्ष्यबारे विस्तृत रूपमा जानकारी दिइएको थियो, जसले उपस्थित सबैलाई यी तीन मोडलहरूको विशेषताबारे बुझ्न मद्दत गर्यो। सही बजार लक्ष्य र उत्कृष्ट उत्पादन क्षमताको कारण DONGFENG Box ले लन्च भएको पहिलो रातमै करिब ४० वटा गाडीको अर्डर पक्का गर्न सफल भयो। यस्तै, २०० भन्दा बढी गाडीका लागि अर्डरको चाहना पनि प्राप्त भएको थियो। ट्युनिसियाको बजारमा यसलाई “सफल सुरुवात”को रूपमा हेरिएको छ।
कार्यक्रममा स्थानीय साझेदारहरूले डोंगफेंग मोटरको प्रशंसा गर्दै उनीहरूले डोंगफेंगका उत्पादनको गुणस्तर र बजार सम्भावना स्पष्ट रूपमा देखेको बताए। दुवै पक्षले भविष्यमा रणनीतिक साझेदारी अझ मजबुत बनाउने, सहकार्यको दायरा बढाउने र अफ्रिकी उपभोक्ताहरूका बढ्दो विविधतायुक्त यातायात आवश्यकताहरू पूरा गर्न डोंगफेंगका थप गुणस्तरीय सवारीसाधनहरू अफ्रिकी बजारमा ल्याउने सहमति गरे।
यस सम्मेलनले डोंगफेंग मोटरको उत्पादन क्षमता र अनुसन्धान–विकास स्तरलाई प्रभावकारी रूपमा प्रस्तुत गर्यो र अफ्रिकामा आगामी विस्तारको बलियो आधार समेत तयार गर्यो।
आगामी दिनमा स्थानीय साझेदारहरूसँगको सहकार्य अझ प्रगाढ हुँदै जानेछ। विदेशी बजारका लागि उपयुक्त थप मोडलहरू ल्याउँदै डोंगफेंग मोटरले अफ्रिकी बजारमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्नेछ र स्थानीय उपभोक्तालाई राम्रो यातायात विकल्प उपलब्ध गराउनेछ।
२. 192 KD युनिटहरूको पहिलो अर्डर इजिप्टतर्फ – डोंगफेंग लिउझोउ मोटरका 'मेड इन चाइना' उत्पादनहरु नाइल नदीको किनारतर्फ यात्रा गर्दै
हालै डोंगफेंग लिउझोउ मोटरले इजिप्ट परियोजनाका लागि मगाएको पहिलो ब्याचका 192 KD गाडीहरू सफलतापूर्वक कन्टेनरमा लोड गरी इजिप्टतर्फ पठाइएको छ। यो नाइलको किनारतर्फ गरिएको सहकार्यको नयाँ अध्याय हो जसले "Made in China 2025" को शक्ती र क्षमताको अर्को ठोस उदाहरण पेश गरेको छ। यो परियोजनाले उत्तर अफ्रिकी बजारको विकासमा डोंगफेंग लिउझोउ मोटरको दृढता र शक्ति दर्शाउनुका साथै विदेशमा अर्को लिउझोउ मोटर निर्माण गर्ने रणनीतिमा गति प्रदान गरेको छ।
इजिप्ट सरकारका असेम्बली तथा स्थानीय उत्पादन नियमहरू पूरा गर्न डोंगफेंग लिउझोउ मोटरले इजिप्सियन बजारको गहिरो अध्ययन गर्यो र त्यस अनुसार T5 EVO KD किटलाई १२०० भन्दा बढी कम्पोनेन्टमा विखण्डन गरी शिपमेन्ट गर्ने समाधानको विकास गर्यो।
डोंगफेंग लिउझोउ मोटर र यसको इजिप्सियन टोलीले प्रत्येक पार्ट्सका लागि कस्टमाइज्ड प्याकेजिङ सोलुसन्स संयुक्त रूपमा डिजाइन गरे। यसले ढुवानीका क्रममा सामान सुरक्षित रहने सुनिश्चित गर्यो भने स्थानको अधिकतम उपयोगमार्फत कन्टेनर क्षमतामा उल्लेखनीय सुधार गर्दै प्रभावकारी लोडिङका लागि सुदृढ आधार समेत तयार गर्यो।
यो खेप नोभेम्बरको शुरुवातमा इजिप्टको अलेक्जान्ड्रिया बन्दरगाहमा पुग्ने तालिका छ, र नोभेम्बरको अन्त्यसम्म स्थानीय उत्पादन लाइनको निर्माण पूरा गरी सम्पूर्ण गाडीहरूको असेम्बली सुरु गर्ने योजना रहेको छ।
२०२६ देखि इजिप्टको बजारमा डोंगफेंग लिउझोउ मोटरले फ्यूल, हाइब्रिड र प्योर इलेक्ट्रीक मोडेलहरू क्रमशः लन्च गर्नेछ। यसमा प्रयोग हुने "मेड इन चाइना”ले प्राविधिक क्षमताले समृद्ध आधुनिक उद्योग र प्राचिन बौद्धिकताको मुहान नाइल सभ्यताबीच दुईतर्फी सहकार्यको नयाँ कथा लेख्नेछ। “बेल्ट एण्ड रोड” को यात्रामा पहाड र समुद्र पार गर्ने नयाँ सहकार्यका सम्भावनाहरू अझै खुल्दै जानेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


