Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त


ग्लोबल पाना
बिहीबार , मंसिर ११ २०८२
  • 346
    SHARES

  • images
    भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

    काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    मङ्सिर १० गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष श्री दक्षिणा गैह्रे न्यौपानेज्यू तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गर्नुभएको छ ।

    भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ । अत्याधुनिक Sheet Molding Compound (SMC) प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व जयिियध ढोका (WPC High Density Hollow Door) पार्टेशन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् ।

    Fiber Reinforced Plastic Technology अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आईरहेको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ