काठमाडौं । “इनर्जी, भिजन, फ्युचर”थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समाएमएडब्लू वृद्धि मोटर्सले २०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स र २०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तारर ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो ।
यी अवार्डहरू एमएडब्लू समूहको वातावरण प्रतिको जिम्मेवारी र नयाँ ऊर्जा क्षेत्रको प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेल समूहले नेपाललाई स्वच्छ उर्जाका यातायात तर्फ लैजानका लागि पूर्ण ईभीइको सिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागि परेको छ । ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ ।
एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो । यसको ह्याचब्याक मोडेलनामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ।यसले स्मार्टफिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ ।
कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ । यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ । देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ । एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारणसर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो ।
एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् । यसको ग्राहक सन्तुष्टि दर ९२% छर २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ । यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्सतथा अफ–रोड सेवा जस्ता सुविधा भएकोलेग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन् ।
यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धिगाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्नसफल रहेको छ । कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्वदायी क्षमतार कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ । स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेकहोल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन् ।
यी सम्मान र निरन्तरका पहलहरू मार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवार नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ । यसैसन्दर्भमा समूहका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहने छ।”
.gif)




 x 450 (H) Global Pana.jpeg)


