भरतपुर, त्रिहसाल चोक — करिब दुई महिनाअघि मात्रै सुरु भएको बजरंग हेयर कटिङ्ग शैलुन छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ। आधुनिक शैलीका हेयरकटदेखि फेस केयरसम्मका विभिन्न सेवा प्रदान गर्दै आएको यो शैलुन स्थानीय क्षेत्रमा चर्चाको केन्द्रमा परेको छ।
शैलुनमा हेयर कलर, हाइलाइट, फेस मसाज, फेसवास, ब्लिच, फेशियल, हेयरकट, दाढी सेटिङ्ग लगायतका सम्पूर्ण सेवाहरू उपलब्ध छन्। विशेष सुविधा स्वरूप यसले होम–डेलिभरी सेवा तथा लेडिज हेयरकटिङ्ग पनि प्रदान गर्दै आएको छ।
सञ्चालक प्रो. राजा बाबु ठाकुरका अनुसार सु–सज्जित वातावरणमा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित शैलुन सुरु गरिएको हो। उनका अनुसार ग्राहकको माग बढ्दै गएपछि सेवा दायरा थप विस्तार गर्ने तयारी समेत भइरहेको छ।
ग्राहकले मोबाइल नम्बर ९८१०२५७८९२ मार्फत आवश्यक सेवा बुक गर्न सक्ने शैलुनका सञ्चालकले जानकारी दिएका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


