Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक


ग्लोबल पाना
सोमबार, मंसिर २२ २०८२
  • 396
    SHARES

  • images
    लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

    काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार - मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्।

    images
    images
    images

    मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ — Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings.

    कसरी सहभागी हुने?

    1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,

    2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्

    3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।

    छनोट प्रक्रिया

    प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

    घर मेक-ओभर प्याकेज

    प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् :

    • प्रिमियम सामग्री

    • पूर्ण इन्टेरियर डिजाइन

    • टर्नकी कार्यान्वयन

    • Before–During–After फोटो/भिडियो डकुमेन्टेशन

    भिडियोupload गर्ने अन्तिम मिति: २०२६ जनवरी २ विजेता घोषणा मितीः २०२६ जनवरी ७

    लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने संदेश दिन चाहन्छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ