काठमाडौं । काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजित “सम्मान तथा विशेष भेटघाट कार्यक्रम” भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रममा नेपाली पर्यटन, कृषिजन्य उत्पादन, होटल–रेस्टुरेन्ट तथा कुकरी क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा होटल एसोसिएशन अफ नेपाल (HAN) का अध्यक्ष तथा ‘Guardian of Nepali Tourism’ पदवी प्राप्त विनायक शाहलाई नेपाली पर्यटन नेतृत्वमा गरेको निरन्तर योगदानकाे कदर गर्दै विशेष सम्मान प्रदान गरिएकाे थियाे ।
त्यसैगरी, REBAN Association का अध्यक्ष संर्घर्ष बिष्टलाई करिब तीन दशकदेखि नेपाली तथा विदेशी पाहुनाप्रति सेवामुखी सम्बोधन, बसोबास सुविधा एवं पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानकाे सम्मानस्वरूप सम्मानपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा Green Agro Nepal Pvt. Ltd. ले उत्पादन गर्ने घरेलु तथा किचनमा प्रयोग हुने सामग्रीहरूको निरीक्षण र भ्रमणपछि, उनीहरूले हासिल गरेको सफलताबाट सन्तुष्ट हुँदै सेफ्स एशोसिएशन अफ नेपालले सिफारिस पत्र प्रदान गरेको घोषणा पनि गरिएकाे थियाे ।
कार्यक्रममा गोरखा दक्षिणबाहु पदक प्राप्त, नेपालका पहिलो फाइव–स्टार सेफ मानिने गोविन्द नरसिंह के.सी.लाई सुवर्ण पदक तथा “लिजेण्डरी अवार्ड” प्रदान गर्दै सम्मानित गरियो। साथै, नेपाली कुकरी क्षेत्रमा दीर्घ सेवा र योगदान पुर्याउँदै आएका मास्टर सेफ श्यामबहादुर तामाङलाई ‘Legendary Chef Honor’ प्रदान गरियो । सेफ्स एशोसिएशनका संस्थापक अध्यक्ष तथा नेपाली सेफ समुदायका मार्गदर्शक मानिने “Father of Chefs” पुष्प थापा मगरलाई विशेष सम्मान पदक अर्पण गरिएको थियो ।
सेफ्सको आफ्नै भवन निर्माण परिकल्पना र आधार तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष कृष्ण लामालाई पनि भवन निर्माणको सपनालाई मूर्त रूप दिन योगदान पुर्याएको कदर गर्दै सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा विभिन्न विधा र होटल–रेस्टुरेन्ट क्षेत्रका सेफहरूलाई समेत सम्मान गरियो ।
एशोसिएशनले यस सम्मान कार्यक्रमले सेफ समुदायमा नयाँ ऊर्जा, प्रेरणा र पेशागत दृढता थप्ने अपेक्षा व्यक्त गरेको छ। कार्यक्रमको अध्यक्षता सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष रेशम कुमार लामाले गरेका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


