Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालको एस एल सी र फलामको ढोका...


ग्लोबल पाना
सोमबार, पुस १४ २०८२
  • 603
    SHARES

  • images
    नेपालको एस एल सी र फलामको ढोका...

    ✍️शरद पौडेल (लामाटार, ललितपुर)

    images
    images
    images

    एक जमानामा एस एल सी परीक्षालाइ एक विसाल ढोकाको रूपमा लिइन्थ्यो । त्यो ढोका पार नगरे शिक्षाको अरू सवै ढोकाहरू वन्द हुन्थे । त्यसैले एस एल सी लाइ सवैले फलामे ढोका भन्थे । बि सं २०४५।०४६ सालसम्म पनि आठ दश प्रतिशत मात्र एस एल सी पास हुन्थे । त्यस समयमा एस एल सी पास गरेका मानिसलाइ तीन गाउंका मानिसले चिन्दथे । प्रथम श्रेणीमा पास हुनेको संख्या एकदम कम हुन्थ्यो । प्रथम श्रेणीमा पास भएपछि डाक्टर इन्जिनियर वन्ने लगभग पक्का जस्तै हुन्थ्यो ।

    यो क्रम लगभग बि सं २०५१।०५२ साल सम्म पनि थियो । काठमान्डुमा एस एल सी प्रथम श्रेणीमा पास भइ साइन्स पढने भए अस्कलमा भर्ना पाउथे । दोश्रो श्रेणीमा पास हुनेहरूले साइन्समा भर्ना हुन चाहे त्रिचन्द्र र बांकी कतै नाम ननिस्केकाहरूले साइन्स पढन चाहे पाटन क्याम्पस जिन्दावाद थियो । साइन्समा आइ एस्सी गरेपछि डाक्टर इन्जिनियर पढनको लागि तत्कालिन यु एस एस आर, तत्कालिन चेकोस्लोभाकिया, पोलैन्ड, टर्की, तत्कालिन युगोस्लाभिया लगायतका युरोपेली देशहरू, चाइना, रूडकी, भारत, बंगलादेश, पाकिस्तान जस्ता देशहरूमा छात्रबृत्तिमा पढन जाने अवसर पाउथे ।

    त्यो वेला छात्रबृत्रतिमा अध्ययनको लागि राजदूतावासहरूले सोझै छात्रबृतिको सूचना प्रकाशित गर्थे र योग्य बिद्यार्थीहरूको नंबर, परीक्षा र अन्तरवार्ताको आधारमा सोझै छनोटमा गर्थे । शिक्षा मन्त्रालयमार्फत आएका छात्रबृत्तिहरू पनि मेरिटको आधारमा छनउट हुन्थ्यो यसको मतलव योग्य विद्यार्थीहरू छनउट हुन्थे कुनै सोर्सफोर्स लाउन पर्दैनथ्यो । २०४७ सालको परिवर्तन पछि यस्ता छात्रबृत्तिहरू त्यसै हराएर गए वा के भयो कुनै जानकारी नै पाउन सकिएन ।

    त्यस समयमा साइन्सपछि कमर्शको ठूलो स्कोप थियो । काठमान्डु उपत्यकामा कमर्शको लागि मीनभवन, शंकरदेव, पब्लिकयुथ, सरस्वती क्याम्पस प्रख्यात थिए । आर्टस विषय पढनको लागि त्रिचन्द्र, पाटन, रत्नराज्य, पदमकन्या, लगायत धेरै कलेजहरू थिए त्यो वेलामा । कानून विषय पढनको लागि नेपाल ल क्याम्पस थियो । एस एल सी को इतिहासलाइ हेर्दा यस बोर्डको स्थापना बि सं १९९० कार्तिक १६ गते भएको थियो ।

    पहिलोपटक एस एल सी दिनेहरूको संख्या ३४ जना थिए भने जम्मा १९ जनाले उत्तीर्ण गर्नु भएको थियो । एस एल सी वोर्ड स्थापना भएपछि पहिलो एस एल सी बोर्ड फस्ट ल्याउने ब्यक्ति पुष्पभक्त मल्ल हुनुहुन्थ्यो । बि सं २००३ सालभन्दा अघिसम्म एस एल सी फेल भएपछि दोश्रो पटक पनि पूरै विषयहरूको परीक्षा दिनुपर्ने ब्यवस्था थियो । बिसं २००३ सालदेखि भने फेल भएको विषयमा मात्र पूरकपरीक्षा दिन पाउने ब्यवस्था गरियो ।

    यो परीक्षा साच्चिकै फलामे ढोका भएर नै होला बिसं २००७ सालदेखि राजपत्रमा पनि प्रकाशित गर्न थालियो यसको रिजल्टलाइ । यही कारणले होला केही समय त स्कूलहरूमा बोर्ड फस्ट ल्याउन होड नै चल्यो । एकपटक त वोर्ड फस्ट ल्याउन स्कूलहरूले गरेको अस्वस्थकर प्रतिस्पर्धा र अनैतिक कृयाकलाप पनि वाहिर निस्कियो ।

    बि सं २०७३ सालदेखि एस एल सी परीक्षालाइ एस इ इ परीक्षाको रूपमा रूपान्तरण गरियो र परीक्षाको नंबर प्रणाली हटाएर जि पि ए प्रणाली अन्तरगत ए प्लस, ए, वि प्लस बि प्रणालीमा लगियो । ३४ जना बिद्यार्थीबाट सुरू भएको एस एल सी परीक्षा हालका समयमा पांचलाखको संख्यामा पुगेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ