काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल "ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५" (Otaku Jatra into Jatra Verse 2025) मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । ८,००० भन्दा बढी युवा, पप-कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन ।
यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्यो, जहाँ सृजनशीलता, आत्म-अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो। ओटाकु जात्रा जस्तो युवा-केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ ।
कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको 'युवा र स्ट्रिट-कल्चर' मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो। यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो । यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक 'कस्टमाइज्ड' (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो ।
फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो । दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो ।
साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो। कार्यक्रमको अर्को विशेष आकर्षण 'MT राइड-आउट' रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो ।
ओटाकु जात्रामा यामाहाको उपस्थिति केवल एक प्रायोजकको रूपमा मात्र नभई, एक स्पष्ट उद्देश्यको साथ भएको देखिन्छ । वैयक्तिक स्वतन्त्रता र फ्यानडम (Fandom) को उत्सव मनाउने यस फेस्टिभलसँग जोडिएर, यामाहाले आफूलाई समकालीन संस्कृतिसँगै अघि बढ्ने र आधुनिक युवा समुदायसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


