काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औँ साधारणसभाबाट लक्ष्मण पौडेल (एन्ड्रयु) आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार काठमाडौँमा सम्पन्न निर्वाचनमा पौडेलले आफ्ना प्रतिस्पर्धी दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जित हासिल गरेका हुन् । नयाँ कार्यसमितिमा विभिन्न पदमा मिश्रित परिणाम आए पनि अधिकांश पदाधिकारीहरू एन्ड्रयु समूहकै निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमिति विवरण:
अध्यक्ष: लक्ष्मण (एन्ड्रयु) पौडेल
उपाध्यक्षहरू: बासुदेब दाहाल, विकल्पराज पोखरेल, गीता शिवाकोटी
महासचिव: भवनाथ हुमागाई
सचिवहरू: सुरज सिलवाल, आशिक कार्की कोषाध्यक्ष: साधना पुडासैनी
सहकोषाध्यक्ष: गोविन्द खनाल
सदस्यहरू: अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिव प्रसाद अर्याल, र कमलप्रसाद तिमल्सिना।
इक्यान नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि परामर्श दिने सञ्चालकहरूको छाता संगठन हो । नयाँ नेतृत्वले शैक्षिक परामर्श क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


