काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ नम्बर वडा अध्यक्ष सुमित्रा पाण्डेको नेतृत्व तथा पहलमा साइबर अपराध तथा साइबर सुरक्षा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामा प्रमुख अतिथि तथा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (म्क्ष्न्) ओम प्रकाश अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष पाण्डेले डिजिटल प्रविधिको तीव्र विकाससँगै साइबर अपराधको जोखिम गम्भीर रूपमा बढ्दै गएको उल्लेख गर्दै नागरिक सचेतना नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको डिजिटल युगमा प्रविधि अपरिहार्य बनेको छ, तर सानो असावधानीले पनि ठूलो आर्थिक तथा मानसिक क्षति हुन सक्छ । त्यसैले सबै वर्गका नागरिकलाई साइबर सुरक्षाबारे सचेत बनाउनु हाम्रो दायित्व हो।”
साइबर अपराध, वित्तीय सुरक्षा तथा बैंकिङ कसुरजस्ता विषयमा केन्द्रित कार्यक्रममा अनलाइन ठगीका नयाँ स्वरूप, डिजिटल सुरक्षाका चुनौती तथा त्यसबाट बच्ने उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षक योगेन्द्र कुमार साहले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा, अनलाइन ठगीबाट जोगिने व्यावहारिक उपाय र साइबर अपराधका कानुनी पक्षबारे मुख्य प्रस्तुतीकरण गर्नु भएको थियो ।
सञ्चारकर्मी सन्तोष लुईटेलले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । वडा अध्यक्ष पाण्डेले आगामी दिनमा विद्यालय, टोल–टोल तथा समुदायस्तरमै साइबर सुरक्षा सम्बन्धी नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीय सरकार र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीहरूले वडा अध्यक्ष पाण्डेको सक्रियता र नेतृत्वमा सञ्चालन भएका यस्ता सचेतनामूलक कार्यक्रमले डिजिटल युगमा नागरिकलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको निरन्तरताको आवश्यकता औंल्याएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


