काठमाडौं । रामेछापको नामाडीमा टेलिचलचित्र “आफ्नो भाग्य ”को छायांकन सम्पन्न भएको छ । करिब १५ दिनको छायांकन पछि सकिएको निर्देशक दिनेश कार्किले बताए। समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ सेन्टिमेम्टल टेलि सिरियल “आफ्नो भाग्य ” प्रसारण भइरहेको छ ।
यो सिरियल हरेक आइतबार साँझ ७ बजे राम खड्का युट्युब च्यानलमा प्रसारण हुदैछ । “आफ्नो भाग्य” लाई निर्माता राम खड्काले निर्माण गरेका हुन् भने कथा पट्कथा संवाद दिनेश कार्किले लेखेका हुन छायाङ्कन र सम्पादन सनम तामाङ ले गरेका हुन ।
सिरियलका कलाकारहरूमा मिलन खड्का, दिवाकर घिमिरे आदित्य शाही ठकुरी, अर्जुन कट्वाल, अन्जली थापा, सबिता थपलिया,राम खड्का, मोहन अधिकारी, रोहित कार्की,यादब कार्की, सन्तोस पोख्रेल, सम्झना श्रेष्ठ लगायत रहेका छन् । यी कलाकारहरूका अभिनयले सिरियललाई परिवारिक रुपले बनाएको निर्माण टिमले जनाएको छ ।
सिरियलमा आकृती खड्काले शृङ्गारको जिम्मेवारी सम्हालेकि छिन् भने दिनेश कार्किले निर्देशन गरेका छन् । शृङ्खला निर्देशकको रूपमा भने मिलन खड्काको रहेका छन् । यस सिरियलले सामाजिक र व्यक्तिगत अनुभवहरूलाई केहि म्यासेज दिने ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको शृङ्खला निर्देशक मिलन खड्काले जानकारी दिए ।
सिरियलले समाजका विभिन्न पक्ष र परिस्थितिहरूलाई एक समाजको स्वरुप बदल्न खोज्ने पात्रका रूपमा चित्रण गरेको छ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने उद्देश्य निर्माण टिमले राखेको छ । (आइतबार ) ७ बजे राम खड्का युट्युब च्यानलमा हेर्न सकिन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


