Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्व व्यापार सहजीकरणमा इन्कोटर्म्स २०२०को भूमिका विषयमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सद्वारा छलफल


ग्लोबल पाना
शनिबार, माघ ३ २०८२
  • 278
    SHARES

  • images
    विश्व व्यापार सहजीकरणमा इन्कोटर्म्स २०२०को भूमिका विषयमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सद्वारा छलफल

    काठमाडौं । विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्सद्धारा जारी इन्कोटर्म्स २०२० को प्रभावकारिताबारे चेम्बर पदाधिकारी, बैकर, वित्त विशेषज्ञ र सरोकारवालाबीच छलफल भएको छ । नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक हीरक जयन्तीका अवसरमा नेपाल चेम्बर अफ कमर्स आईसीसी डेस्क तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी मुख्यालयको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रममा चेम्बर हीरक जयन्ती मुुल समारोह समितिका सभापति एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुख अर्थतन्त्र भएको मुलुकका लागि अन्तराष्ट्रिय व्यापारलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्रबैंक, बैंक तथा बीमा कम्पनीहरु एवं आयात तथा निर्यातकर्ताहरुबीच आपसी समन्वय आवश्यक रहेको बताउनुभयो ।

    इन्कोटर्म्स २०२० ले क्रेता र विक्रेताबीचको जिम्मेवारी, जोखिम र लागत स्पष्ट रुपमा निर्धारण गर्न महत्वपुर्ण भूूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । नेपालको विद्यमान आयात निर्यातको अभ्यास एवं अन्तराष्ट्रिय रुपमा मान्य मापदण्डहरुबीच ज्ञान आदान प्रदान गर्न इन्कोटर्म्स २०२० महत्वपुर्ण भएको उहाँको भनाई छ ।

    हीरक जयन्ती मुुल समारोह समितिका सभापति श्रेष्ठले भन्नुभयो, ‘भारत तथा चीनजस्ता छिमेकी मुलुकहरुसंग स्थलमार्ग मार्फत नेपालले आयात निर्यात गर्ने गरेको छ, तर यी व्यापारिक कारोबार गर्ने क्रममा समुन्द्री ढुवानीका लागि प्रयोग हुने इन्कोटर्म्सहरु स्थलमार्गको व्यापारमा प्रयोग हुदा सरोकारवालाबीचको स्पष्ट बुझाईको अभावमा लेनदेन तथा भन्सार प्रक्रीया र बैङिकङ कारोबारमा भने समस्या उत्पन्न हुने गरेको छ ।’

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले इन्कोटर्म्स २०२० प्रयोगका क्रममा साना मझौला तथा नया“ व्यवसायीहरुमा सचेतना तथा प्राविधिीक ज्ञानको अभाव रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, नेपालमा इन्कोटर्म्स २०२० सम्वन्धी औपचारिक तालिम वा सचेतना कार्यक्रमहरु सिमित छन, कतिपय अवस्थामा आयात निर्यात कर्तासंगै भन्सार तथा व्यापार सहजीकरणमा संलग्न कर्मचारीमा समेत यसको जानकारीमा कमि देखिन्छ ।

    अध्यक्ष अग्रवालले नेपाल भूुपरिवेष्ठित देश भएकाले कमजोर यातायात पूर्वाधार र कोलकोत्ता तथा विशखापट्नम जस्ता भारतीय बन्दरगाहहरुमा निर्भर रहनुपर्दा ढुवानीसंग सम्वन्धित इन्कोटर्म्सको प्रयोग भने जटिल बनेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ