Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन : आज टेकुमा अन्त्येष्टि


ग्लोबल पाना
शनिबार, माघ ३ २०८२
  • 316
    SHARES

  • images
    काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन : आज टेकुमा अन्त्येष्टि

    काठमाडौं । तत्कालीन काठमाडौँ नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको हिजो निधन भएको छ । पक्षाघात भएर लामो समयदेखि घरमै रहनुभएका सिंहको हृदयाघातका कारण निधन भएको हो । उहाँको पार्थिक सरीरलाई आज टेकुस्थित जम्बुदिपमा अन्तिम संस्कार गरियो ।

    images
    images
    images

    वि. सं. २००२ सा श्रावणमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (अहिलेको २२) बाट वडाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिँदै भन्नुभयो, ‘त्यसबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा थिए । वडाबाट निर्वाचित अध्यक्षबाट प्रधानपञ्च चुन्ने प्रणाली थियो ।

    यही प्रणालीबाट सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च हुनुभएको थियो ।’ सिंहका श्रीमति १ छोरा र २ छोरी हुनुहुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ