Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तीनकुने मुआव्जा विवाद समाधानदेखि मेलम्ची पाइपलाइनसम्म: वडाअध्यक्ष पराजुलीको ५ सूत्रीय विकास एजेन्डा


ग्लोबल पाना
शनिबार, माघ ३ २०८२
  • 262
    SHARES

  • images
    तीनकुने मुआव्जा विवाद समाधानदेखि मेलम्ची पाइपलाइनसम्म: वडाअध्यक्ष पराजुलीको ५ सूत्रीय विकास एजेन्डा

    मनोहरा जग्गा एकीकरण आयोजनाबाट करिब २८ करोड रुपियाँ लागतमा जग्गा खरिद गरेर ११ करोड ७५ लाख रुपियाँमा वडा कार्यालय भवन निर्माण

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो । ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो ।

    images
    images
    images

    यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।

    शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताउनुभयो । भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत, नापी जस्ता महानगरपालिकामा थपिँदै आउने सेवा समेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडाबासीका लागि गौरवको क्षण भएको उहाँको भनाइ थियो । भवनको गुणस्तरको कुरा गर्दै उहाँले वडाबासीलाई भन्नुभयो, ‘यसको गुणस्तरीयता कायम गराउन यहाँहरुले समय समयमा आएर कसरी काम भइरहेको छ? योजना अनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनु पर्छ ।’

    त्यस क्रममा धारणा राख्दै उपप्रमुख डंगोलले वडा प्रशासनिक भवन निर्माण हुनुलाई भौतिक संरचनाका रुपमा मात्र नभइ विकेन्द्रीकरणको पूर्वाधारका रुपमा हेरेको बताउनुभयो । ‘महानगरपालिकाभित्रका वडा प्रशासनिक भवनमध्ये यो सबैभन्दा ठूलो संरचना हुनेछ । यसका लागि धेरै लगानी हुनेछ । यो लगानीको प्रतिफलका रुपमा नागरिकका सेवाको अपेक्षालाई सरल, सहज, चुस्त र प्रभावकारी बन्ने अवस्थाको अपेक्षा गरेका छौँ ।’ उहाँको भनाइ थियो ।

    कार्यक्रममा वडाका अध्यक्ष एवं महानगरपालिकाको राजस्व समितिका संयोजक नवराज पराजुलीले वडा प्रशासनिक भवन निर्माण हुनुलाई महत्वका साथ लिएको बताउनुभयो । वडाले प्राथमिकतामा राखेर गर्नु पर्ने महत्वका थप ५ वटा कामको सूचीमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘तीनकुनेको मुआव्जा वितरण विवाद सुल्झाएर त्यस ठाउँमा सुन्दर पार्क बनाउनु, एअरपोर्ट क्षेत्रका घरहरुको पुनःमूल्याङ्कन गरेर व्यवस्थापन गर्नु, नदी किनाराका अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु, जडीबुटी कोटेश्वर सडक खण्डको सवारी चाप कम गरेर आवागमन सहज बनाउनु पर्नेछ र जडीबुटीदेखि पेप्सीकोला चोकसम्म मेलम्चीको पाइपलाइन विछ्याएर पानी वितरण प्रणाली मिलाउनु पर्नेछ ।

    सरकारका वा महानगरपालिकामा जो आए पनि यी काम गर्नुपर्छ ।’   ७ हजार ७० वर्गफुट क्षेत्रफल हुने भवनको भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनेछ । २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला ७ हजार २०३ वर्गफुटको हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ । भर्याङ् छोप्ने भाग ६९० वर्गफुटको हुनेछ ।

    भवनको बाहिर विश्राम स्थल, बगैँचा र भविष्यमा स्वास्थ्य प्रवधैन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ । परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा २ वटा लिफ्ट र २ वटा भ¥याङ् हुनेछन् । वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ