काठमाडौं । नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको संस्थापक तथा संरक्षक पार्टी भएको उल्लेख गर्दै धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएका छन् ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत सभापति अधिकारीले नेपाली कांग्रेस लोकतन्त्र, जनअधिकार, नागरिक सर्वोच्चता, संवैधानिक सर्वोच्चता, विधिको शासन र उदार अर्थनीतिको पक्षमा ऐतिहासिक योगदान गरेको पार्टी भएको स्मरण गराउँदै समयानुकूल रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित रहनु पार्टीको दायित्व भएको बताएका छन् । उनले भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जेन–जेड (जेनजी) नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको एजेन्डासहित सम्पन्न विशेष महाधिवेशनलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।
महाधिवेशनबाट सभापति गगनकुमार थापासहित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । सभापति अधिकारीले पार्टी सुधार र रूपान्तरणका क्रममा भएका बहस र गतिविधिलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा लिँदै तिनले सकारात्मक र परिपक्व निष्कर्ष दिन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
विज्ञप्तिमा धादिङ जिल्लाका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण इकाइ, टोल, वडा, गाउँ/नगर, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूलाई एकताबद्ध भएर संगठन विस्तार र सुदृढीकरणमा लाग्न अपिल गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनताका बीच केन्द्रित हुन सबैलाई आग्रह गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


